logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र बिमान स्थल बाट गिरफ्तार गोलि भेटिएको तर्क गर्दै प्रहरी


  • राजनीति
  • बिहिबार, माघ १७ २०७५

विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा बिहीबार साँझ विराटनगरबाट गिरफ्तार भएका छन

कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ गरेको प्रहरी जनाएको छ ।

नरेन्द्र यति एयरलायन्सको जहाजबाट साँझ ५:५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि एक युवालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताए।

‘एक युवा जहाजमा चढ्नलाई सुरक्षा चेकजाँच गराउने क्रममा गोलीसहित पक्राउ परेका छन्,’ उनले भने, ‘उनको अन्य पृष्ठभूमि भने खुल्न सकेको छैन।’

डीएसपी श्रेष्ठले उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए। ‘गोलीसहित पक्राउ परेका युवाका बारेमा विस्तृत अनुसन्धानपछि मात्रै भन्न सकिने अवस्था छ’, उनले भने, ‘अनुसन्धानका क्रममा रहेकाले अरु खुलाउन नसक्ने बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार