संगठन सुदृढ तथा बिस्तार अभियानकाे क्रममा पुर्वि नेपालकाे इलाम पुगेका नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनले नेपालमा अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधिकरण गरिएको बताएका छन्।
बहुराष्ट्रिय कम्पनी अन्र्तगतको एनसेलले सरकारलाइ कर नबुझाए अब जनसत्ताले उठाउने घाेषणा गरेका छन्।
नेता पुनले ‘केपी ओलीको राजा शैलीको सवारी झापामा भएकोले मालिकको भक्तिभाव प्रदर्शन गर्न दलाल सुरक्षा प्रशासनले दमन गरेको होला । लिपुलेक हाम्रो हो भन्दा डण्डा बर्षाउने, एनसेलको करछलिका विरुद्ध प्रदर्शन गर्दा दमन गर्ने, निर्मला पन्तका हत्यारालाई कारबाही गर भन्दा गोली चलाउने, भ्रष्टाचारीलाई कारबाही गर भन्दा र महँगी तथा चर्को कर घटाउ भन्दा दमन गर्ने सामाजिक दलाल फाँसिवादी सरकार सम्पूर्णरुपले पतन भइसकेको छ । रोम जलिरहेको बेला त्यहाँको शासक निरोले बाँसुरी बजाएर बसे जस्तै नेपालमा पनि देश र जनता कथित कम्युनिस्ट नामको सरकारको ज्यादतीका कारण आक्रान्त छ तर निरोको नेपाली अवतार केपी ओली जनतामा खुसियाली छ भनेर काठमाडौँमा बाँसुरी बजाएर बसेका छन् ।’
उनले ‘नेपालका संसदवादी कम्युनिस्टहरू आफ्नो सिद्धान्त र आदर्शबाट बिचलित भएर संसदीय पँुजीवादको पिंजडामा थुनिएको सुगा जस्तै माक्र्सवादी भाषा बिर्सिएर बहुलाएकाछन् । वास्तवमा पिँजडामा हालेको सुगा बोलेको हैन कि प्राकृतिक स्वच्छन्दताबाट पिजडामा कैद भए पछि आफ्नो भाषा बिर्सेर बहुलाएको हो जसले आफुले मान्छेको लवज त बोल्छ तर अर्थ बुझ्दैन केपी र प्रचण्ड त्यस्तै भएकाछन् ।’
नेता पुनले केपी प्रचण्ड नक्कली कम्युनिस्ट भएकोले यिनीहरूको नेतृत्वमा समाजवाद नआउने भएकोले विप्लवको नेतृत्वमा वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्ति अगाडि बढेकाले साथ दिन जनतालाई अपिल गरे ।