राजनीति
काठमाडौं – नेपाल विद्यार्थी संघले बिभिन्न माग राखी सरकारको बिरोधमा बेलुनमा झुण्ड्याएर कालो झण्डा सिंहदरबारमा उडाएको छ ।
सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा ‘निर्मलालाई न्याय दे’, ‘डा। केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको कालो ब्यानरमा झुण्ड्याइएको छ ।
माग पूरा गर्न दवाद दिनलाई आफूहरुले बेलुनबाट नारा लेखिएको कालो ब्यानर सिंहदरबारमा उडाएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले बताए ।
यसअघि नेविसंघले एयर्पाेटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रदर्शन, मन्त्री र सरकारी गाडीमा सरकार विरोधी नारा लेख्ने गरेको थियो ।