नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकको गिरफ्तारीको बिरोधमा २४ गते शैक्षिक हडतालको आयोजना गरेको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि उक्त घोषणा गरेको हो । अखिल क्रान्तिकारीले एक प्रेस बिज्ञप्ती जारी गरी कोषाध्यक्ष नरेन्द्र बिक को रिहाइ नभए सम्मको लागी भन्दै ५ दिने आन्दोलन घोषणा गरेको हो ।
अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द्र बिक १७ गते बेलुकी बिराटनगर एयरपोर्ट बाट गिरफ्तारीमा परेका हुन ।
