logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

चौतर्फी दवाव पछि डा. केसीको अनसन तोड्ने निर्णय


  • राजनीति ब्यूरो
  • शुक्रबार, माघ १८ २०७५

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीले एकतर्फी रुपमा अनसन तोड्ने भएका छन् । २४ औं दिनमा उनले अनसन तोड्ने निर्णय लिएका छन।

प्रा.डा .केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

आफूसँग १५ औं अनसनका क्रममा भएको सहमति पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनसन बसे पनि सरकारले अनसनको बेवास्ता गर्दै संसदमा विधेयक पेश गरेको थियो । हाल चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ ।

केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाव परेको थियो । पूर्वराष्ट्रपति डा। रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलका अध्यक्ष केदारभक्ता माथेमालगायतले अनसन तोड्न केसीलाई छुट्टाछुट्टै रुपमा आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार