२५ पुसमा इलामबाट सुरु गरेका डाक्टर गाेबिन्द केसट २४ दिनदेखी आमरणअनशन तोडेका छन्
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर उनले शुक्रबार अनशन तोडेका हुन् ।
केसलाई त्रिविशिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले जुस पिलाएर अनशन तोडाए । तर, स्वास्थ्यमा गम्भीर समस्या आएपछि केसीलाई ३ माघमा नेपाली सेताको नाइटभिजन हेलिकोप्टरमा काठमाण्डु ल्याइएको थियो । त्रिवि शिक्षण अस्पतालमा केही दिनको उपचारपछि केसीले त्यहीं अनशन जारी राखेका थिए ।
पत्रकार सम्मेलनमा वितरित केसीको विज्ञप्तिमा प्रतिनिधिसभा र राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरिसकेको र अनशनका कारण बिरामीलाई मर्का पर्ने देखेपछि आफूले अनशन तोडेको दाबी गरेका छन् । ‘चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ’, केसीको विज्ञप्तिमा भनिएको छ । केसीले चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले सङ्घर्ष गर्ने बताए । ।
। चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै केसीले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिए । उनले सरकारमाथि माफियाको गोटी बनेको आरोप लगाएका थिए । तर, सरकारले भने केसीका अधिकांश माग सम्बोधन भएकाले उनीसँग वार्ता र छलफल केही नगर्ने स्पष्ट गरेको थियो ।
केसीले भने चिकित्सा शिक्षा विधेयकमा नसमेटिएका आफ्ना माग सम्बोधन गर्न सरकार र संसदलाई गरेका छन् । सरकारले नटेर्ने निश्चित भएपछि अनशन तोडाएर ‘सेफ्ल्याण्डिङ’ गराउन केसीको समर्थन गर्दै आएका पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र काँग्रेस नेता दमननाथ ढुंगानालगायत सक्रिय भएका थिए । सरकार केसीसँग घुँडा नटेक्ने बुझेपछि उनीहरुले ‘सर्प पनि मर्ने, लाठी पनि नभाँचिने’ गरी आफूहरुको आग्रहमा केसीले अनशन तोडेको देखाउन खोजेका छन्।