logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

कार्यकर्ता पढाउदै विप्लव नेकपा


  • राजनीति
  • शनिबार, माघ १९ २०७५

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिङ विभागले कैलालीमा तिन दिने स्कुलिङ सम्पन्न गरेको छ । स्कुलिङको समापन कार्यक्रममा बोल्दै नेकपाका पोलिट ब्युरो सदस्य तथा स्कुलिङ विभागका सदस्य रणबीरले पुरानो समाजबाट नयाँ समाज निर्माण गर्ने प्रक्रियामा ज्ञानको केन्द्रीय भूमिका रहने भएकोले कम्युनिस्ट क्रान्तिकारी पार्टीका नेता कार्यकर्तालाई नयाँ स्कुलिङको आवश्यकता हुने बताए । नेता रणवीरले नेपाली कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम स्कुलिङ र प्रचण्ड स्कुलिङको विस्थापन गर्दै आज विप्लवको नेतृत्वमा एकिकृत जनक्रान्तिको स्कुलिङ स्थापित हुँदै गएको भन्दै स्कुुलिङ सर्वहारा साँस्कृतिक क्रान्तिको आधारमा उभिएर विकास हुदै गएको बताए । माघ १५,१६ र १७ गते संचालन भएको स्कुलिङमा जनश्रमदान पनि गरिएको छ । स्कुलिङमा दर्शन, राजनैनिक अर्थशास्त्र, बैज्ञानिक समाजवाद र सौन्दर्यशास्त्र पढाइएको थियो । उक्त स्कुलिङमा लगभग ७० जना पार्टीका कार्यकर्ता सहभागी थिए । उनीहरुलाई नेकपाका पोलीट ब्युरो सदस्य तथा स्कुलिङ विभागका सदस्यहरु रणबीर र गम्भिर, केन्द्रीय सदस्य भेषराज भुसाल, नेकपाको अन्तराष्ट्रिय विभागका सदस्य नरबहादुर कार्की, केन्द्रीय स्कुलिङ विभागका सदस्य गति लगायतले सहभागीहरुलाई पढाएका थिए ।
यसैबीच कैलालीमा संगठन सुदृढिकरण तथा बिस्तार अभियान ब्यापकरुपमा चलिरहेको छ । अभियानको अवधिमा त्यँहा एमाले र माके परित्याग गरी १ जना निर्वाचित वडा सदस्य पुष्प विक सहित ५७ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेस गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार