logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पुनको टुकडी पाँचथरमा, जनता जगाउदै गाउँघरमा


  • राजनीति ब्यूरो
  • शनिबार, माघ १९ २०७५

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित संगठन सुदृढीकरण तथा बिस्तार अभियानको १९ अाै दिन पाँचथरको घुर्बिसे पञ्चमी बजारमा सामना साँस्कृतिक परिवारकाे बेजोड प्रस्तुति सहित बिशाल जनसभा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि पार्टीका पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुनले संबाेधन गरेका छन ।

संबाेधनका क्रममा पिबिएम पुनले वर्तमान राज्यको ज्यादतीका बिरुद्ध अाफ्नाे पार्टी र पार्टी निकट जनवर्गीय संगठनहरूले देश ब्यापी रुपमा राजनीतिक भण्डाफाेरकाे कार्यक्रम सञ्चालन गरेकोमा त्यसबाट अात्तिएर फाँसिवादी शैलीमा केपी अाेलिकाे दलाल सरकारले दमन गर्न खाेजेमा घाेर भर्त्सना गरे । नेता पुनले भने, अहिले हाम्रो बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले दलाल बहुराष्ट्रिय कम्पनी एनसेलले गरेको ७२ अर्ब करछलिका बिरुद्ध देशब्यापी अान्दोलन काे घाेषणा गरेकाे छ । जसबाट अात्तिएर जनताको ढाड सेक्ने गरि कर बढाउने केपि अाेलिकाे दलाल सरकारले संगठनका केन्द्रीय काेषाध्यक्ष नरेन्द्र बिकलाई कायरतापुर्वक गिरफ्तार गरेर झुठ्ठा मुद्दामा फसाउदै छ । हाम्रो पार्टी त्यसको घाेर भर्त्सना गर्दछ र तत्काल बिना सर्त रिहाइ गर्न माग गर्दछ । यदि राज्यले फाँसिवादी ढंगले दमनलाई अगाडि बढाउने हाे भने हाम्रो पार्टी पनि त्यसको शसक्त प्रतिरोध गर्न बाध्य हुनेछ र त्यसबाट उत्पन्न हुने परिस्थितिकाे जिम्मेवार स्वयं केपी अाेलिकाे दलाल सरकार हुनुपर्नेछ ।

अर्को प्रसङ्ग्मा जनतालाई चर्काे करकाे भारी बाेकाउने तर ७२ अर्ब करछली गर्ने एनसेललाई कमिशनकाे खेलमा दलाल सरकारले बचाउने गरेमा त्यसलाई जनसत्ताले कार्वाही गर्ने बताएकाछन । उनले भने अहिले देशकाे समग्र अवस्थाकाे अध्ययन गरिरहेका छाै र जनताको अभिमत लिइरहेका छाै । केपि अाेलि सरकारको जनबिराेधी कार्यशैली प्रति काेहि पनि जनता सन्तुष्ट छैनन् । अझ पुर्वेली जनता झन दलाल पुजिवादकाे तिब्र शाेषणमा परेका रहेछन् र निराश रहेछन् । वास्तवमा हामीले ल्याउन खाेजेकाे समाजवाद सबैभन्दा बढी अाबश्यक पुर्वेली जनतालाई रहेछ । पहिले सामन्तहरुले थिचेकाे र अहिले दलाल पुजीवादीहरुले थिचोमिचो गरेकाे ठाउँ हाे याे । पश्चिमकाे तुलनामा पुर्वमा बिकास र समृद्धि छ भन्ने शासकहरुकाे प्रचार झुठो रहेछ र राजनीतिक रुपमा पनि जनतालाई दास बनाएका रहेछन् दलाल शासकहरुले पुर्वमा । हाम्रो पार्टीको अभियान प्रति पनि जनतामा ठुलो भ्रम पारिएको रहेछ जाे अहिले क्रमशः घट्दै गएको छ र जनताको उपस्थिति पनि उत्साहजनक हुदै गएको छ । विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी जनताको भाषामा विप्लव माअाेवादी हतियार सहित गाउँमा पसेको छ भन्ने गलत हल्ला रहेछ जसले जनता मात्रै हैन पुलिस प्रशासनमा समेत भ्रम रहेछ । दलाल र फटाहाहरुले चलाएका यस्ता वाहियात भ्रममा नपर्ने नेता पुनले जनता र सुरक्षाकर्मीलाई अाहुवान गरे । हामी हतियार उठाउनु परे पनि जनतालाई सार्वजनिक रुपमा भनेर नै उठाउने छाै । तर अहिले नै त्यो परिस्थिति अाएकाे छैन हामी शान्तिपूर्ण राजनीतिक अभियानमा छाै । तर हामी याे देशको समानान्तर शक्ति भएकोले राज्यले अनावश्यक निहुँ खाजे त्यसको बलियो जवाफ दिन सक्ने ताकत र त्याे प्रकारको संयन्त्र हामी संग छ जाे दलाल राज्यसँग छ । हामी बिगतकाे जस्तो गाउँ केन्द्रित जनयुद्ध गर्दैनौं । गाउँ र शहरलाई एकैचाेटी क्रान्तिमा सामेल गर्ने एकीकृत जनक्रान्ति गर्दै छाै । यसमा सबै पार्टी भित्रका परिवर्तन प्रेमी, सेना र प्रहरी भित्रका देशभक्त र परिवर्तन प्रेमी, अादिवासी जनजाति र दलितहरू, शहरिया बुद्धिजीवी र ब्यापारीहरु, कर्मचारी र वकिल प्राध्यापकहरु, सबै श्रमिक र बाैद्धिकहरु सामेल सामेल हुनेछन् । आफ्नो पार्टीको लडाइँ मुलतः दलाल र भ्रष्टहरुका बिरुद्ध भएको प्रष्ट पारेका छन ।

सामना परिवारका केन्द्रीय सह संयाेजक अाराेह नेपालीको सञ्चालन र पाँचथर जिल्ला पार्टी इन्चार्ज दर्शनको अध्यक्षतामा शुरु गरिएको कार्यक्रमलाई मेची ब्युराेका युवा नेता तारा थापा लगाएतले संबाेधन गरेका थिए । कार्यक्रममा सामना परिवारका कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय बुद्धिजीवी , ब्यापारी , जनता, सुरक्षाकर्मी र युवा बिद्यार्थीहरुकाे उपस्थिति रहेको थियोे ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार