logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन बस्दैछ नेकपा सचिवालय काे बैठक आज ?


  • न्युज डेस्क
  • सोमबार, माघ २१ २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । लामाे समय पछि आज बिहान १० बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा एकीकरणका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल हुने समेत उनले बताए । स्थायी कमिटी बैठक बसेको झण्डै डेढ महिनापछि सचिवालयको बैठक बस्न लागेको हो ।

मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म चलेको स्थायी कमिटी बैठकले एकीकरणका बाँकी काम टुंग्याउनका लागि ९ सदस्यीयक कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलभित्रै विवाद भएपछि एकीकरणका बाँका काम सचिवालयले नै टुंग्याउने भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार