logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

किन राेजिन बाेक्सी आराेपी राधाले बिप्लवलाइ ?


  • न्युज डेस्क
  • सोमबार, माघ २१ २०७५

कैलाली डेढ वर्ष अगाडि बोक्सीको आरोपमा भोले बाबा भनिने रामबहादुर चाैधरीबाट कुटाइ खाएकी कैलालीकी राधा चौधरीले अन्ततः अन्यायका विरुद्धको आन्दोलनमा सहभागी हुने साहसिक निर्णय लिएकी छिन् । बोक्सीको आरोप लागेपछि भोलेबाबा नामको स्थानीय व्यक्तिले सार्वजनिक ठाउँमा निर्घात कुटपिट गर्दा पनि अन्धविश्वासका कारण गाउँलेहरू नै रमिते बनेर बसेको क्षण सम्झेर भक्कानिएकी राधा चौधरी पुरानो संरचनामा बनेको व्यवस्था र न्यायालयबाट आफूले न्याय नपाएपछि सर्वहारा, शोषितपीडित वर्गका पक्षमा लडिरहेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले न्याय दिने भन्दै नेकपामा प्रवेश गरेकी छिन् ।

कैलालीमा शनिबार आयोजीत कार्यक्रममा विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेकी चौधरीले भनिन्, ‘म गरिब घरकी चेली भएकाले मलाई दुव्र्यवहार गरी अवहेलना गरिएको हो । म बोक्सी होइन । मेरो गाउँमा प्रायः पढेलेखेका शिक्षित मात्र छन् तर पनि मलाई बचाऊ भन्दै रोइकराइ गर्दा पनि कसैले साथ दिएनन् । म निर्घात रूपमा कुटिँदा पनि कसैले केही बोलेनन् । मेरो परिवारको साढे एक बिघा जमिन थियो । त्यो पनि नदीले कटान गरी लग्यो । आज हामीसँग १ कट्ठा घरबास मात्र छ । गरिबीको दलदलमा फसेको अन्धविश्वासी समाजले मलाई हेप्यो र यसप्रकारको अमानवीय दुव्र्यवहार ग¥यो । आज मलाई न्याय दिने र मजस्तै हजारौँ गरिब–दुःखीहरूका पक्षमा लड्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी भेटेकी छु । मलाई न्यायका लागि यो पार्टीले पहल ग¥यो । म विप्लव नेतृत्वको यो पार्टीलाई लालसलाम तथा धन्यवाद टक्र्याउँछु ।’

नेकपाले सञ्चालन गरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको सिलसिलामा नेकपामा प्रवेश गर्दैगर्दा  पुरानाे रूढिवादी अन्धविश्वासी समाजकाे अवस्था देखेर भक्कानिएकी राधा चौधरीले रूढिवादी परम्परा र अन्धविश्वासका विरुद्ध लड्ने धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘नेपाल कम्युनिस्ट पार्टीले मलाई साथ देओस् । म क्रान्तिकारी भएर बाँच्न चाहन्छु । त्यसपछि म र मजस्ता असहायमाथि यस्ता हर्कत गर्न खोज्नेले हजारपटक सोच्नुपर्छ।’ उनलाई नेकपाका केन्द्रीय सदस्य हिमालले अबिर लगायर प्रबेश गराएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार