logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

प्रधानमन्त्रीको लागी सुबिधा समपन्न भवन बन्दै


  • राजनीति
  • सोमबार, माघ २१ २०७५

काठमाडौं- प्रधानमन्त्रीको लागि बालुवाटारस्थित हालको निवास परिसरको उपयुक्त स्थानमा नयाँ अत्यधुनिक सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ।
सहरी विकास मन्त्रालयले प्रधानमन्त्रीको लागि नयाँ अत्यधुनिक सुविधा सम्पन्न भवन निर्माण कार्यको प्रक्रिया अघि बढाएको हो ।
२०७२ वैशाख १२ गतेको भूकम्पले बालुवाटारको भवनमा क्षति पुर्‍याएको भन्दै नयाँ अत्यधुनिक सुविधा सम्पन्न भवन आवश्यक परेको जनाइएको छ । भूकम्पले क्षति पुर्‍याएको बताइए पनि प्रधानमन्त्री अहिले बालुवाटारमै बस्दै आएका छन् ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण बालुवाटारस्थित प्रधानमन्त्री निवास चर्किएको थियो ।

गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकले सुविधा सम्पन्न नयाँ भवन बनाउने निर्णय गरेपछि उक्त जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको थियो ।

नयाँ भवन बनाउँदा अत्यधुनिक सुरक्षा उपकरणहरु जडान गरिने जनाइएको छ । त्यस्तै पार्किङको लागि भवन भित्रै व्यवस्था मिलाइनेछ । प्राविधिक डिजाइन बनाएर स्वीकृत भएपछि बजेट छुट्याइने उनले जनाए । यसैवर्ष भवन निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार