राजनीति
बलिउड फिल्म निर्माता करन जोहरले होस्ट गर्ने कार्यक्रम ‘कफी विद करन’ मा एक खुलासा अक्षय कुमारले गरेका छन् । उक्त कार्यक्रममा अक्षयले डिम्पललाई रोमान्टिक डेटिङमा लान चाहेको बताएका थिए । यो कुराकानीको भिडियो डिलिट गरिएको थियो तर यो अचानक एकपटक पुनः सोसल मिडियामा भाइरल भइरहेको छ ।
जुन भिडियो इन्टरनेटमा सेयर गरिँदै छ त्यो एपिसोडमा समावेश थिएन । हुन त यो एपिसोडमा निकै मसालेदार कुरा भएका थिए तर यी कुरा एडिट गरिएको थियो ।
करनले अक्षयलाई सोधे, ‘यदि तिमी विवाहित नभएको भए कुन बलिउड नायिकालाई रोमान्टिक डेटमा लैजान चाहन्छौ ?’ अक्षय कुमारले एकछिन सोचे र भनेँ, ‘डिम्पल कपाडिया र रातभरी उनीसँग उनको छोरीबारे कुरा गर्थेँ ।’
उनले आफैं एक सनसनीपूर्ण कुरा गरेर त्यसलाई निकै चलाखीपूर्ण ढङ्गले सम्हाले पनि ।