logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

भेनेजुएला प्रकरणबारे पार्टीको धारणा यथावत,बादलको चौथो कार्यदल पनि असफल

कार्यदलको आ आफ्नै अडान


  • राजनीति
  • सोमबार, माघ २१ २०७५

पोखरा- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बसेको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले भेनेजुएला प्रकरणबारे पार्टीको धारणा यथावत राखेको बताएका छन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भेनेजुएला प्रकरणबारे पार्टीको धारणा यथावत राखेकोको पार्टीका प्रवक्ता नारायउाकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पार्टीको नीति अनुरुपनै धारणा सार्वजनिक भएको हुँदा त्यसको कुनै खण्डन आजको बैठकमा भएन् । उनले भने,”भेनेजुएला बारेमा पार्टीको स्टेटमेन्ट जारी भैसकेको छ । हाम्रो पार्टीको नीति स्पष्ट छ । त्यसबारे भ्रम र गलत प्रचार नर्गन आजको बैठकले आग्रह गरेको छ।’

भेनेजुएलाको आन्तरिक मामलामा कसैले हस्तक्षेप नगरोस् र त्यहीँका जनताले नै फैसला गरोस् भन्नेनै पार्टीको आधिकारी धारणा रहेको पनि उनले स्पष्ट पारे।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चौथो कार्यदल पनि पार्टी एकीकरण र संगठन संरचना टुंगो लगाउन असफल भएको छ ।

पुस मसान्तभित्र काम सक्ने म्याण्डेटसहित रामबहादुर थापा बादलको नेतृत्वमा गठित कार्यदलले माघ सकिनै लाग्दासमेत विधानबाहेक अन्य कुनै विषयमा सहमति जुटाउन सकेको छैन । सोमबार बसेको सचिवालय बैठकले जस्तो अवस्थामा छ, त्यही प्रतिवेदन भोलि बुझाउन कार्यदललाई निर्देशन दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार