दोलखमा कांग्रेसले शक्ति प्रदर्शन गरे
कम्युनिष्टको गढ मानिने दोलखमा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ । सदरमुकाम चरीकोटमा कांग्रेसले हजारौको संख्यामा कार्यकर्ता उत्रारेर शक्ति प्रदर्शन गरेको हो ।नेपाली कांग्रेस जिल्ला अध्यक्ष रुद्र खण्डालगायतका नेताहरुले चरीकोटमा प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् । सभालाई रुद्र खड्का, तरा बहादुर कोइराला, बर्मा लामा लगायतका जिल्लाका नेताहरुले सम्वोधन गरेका छ्न ।
गुल्मीमा चारतारे काँग्रेस पार्टीको झण्डा छपक्कै
काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीको गृहजिल्ला गुल्मीमा चारतारे काँग्रेस पार्टीको झण्डा र विभिन्न भातृ संस्थाको झण्डा बोकेका नेता तथा कार्यकर्ताहरुले गुल्मीको तम्घासलाई छपक्कै छोपेका छन् । सरकारको विरोधमा उर्लिएका यी काँग्रेस कार्यकर्ताहरुले प्रतिपक्षलाई वास्तै नगरी मनलाग्दी रुपमा काम गर्दै हिँडेको भन्दै सरकारलाई मर्यादामा रहन चेतावनी दिएका छन् ।
रामचन्द्र पौडेलको गृह जिल्लामा जोशिला युवा र अनुभवी बुढापाकाले सडक भरिए
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा जोशिला युवा र अनुभवी बुढापाकाले सडक भरिएका छन् । कम्युनिष्ट सरकारको विरुद्धको आन्दोलनको लागि विहानैदेखि सक्रिय रहेका काँग्रेसका युवादेखि बुढापाका कार्यकर्तासम्मको सहभागिताले सडकको माहोल झनै बढाएको छ ।नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप तनहुँको दमौलीमा काँग्रेसले विशाल प्रदर्शन गरेको छ ।
इलाम कांग्रेसले विशाल प्रदर्शन व्यानर र झण्डासहित सडमा उत्रिए
इलाम कांग्रेसले विशाल प्रदर्शन गरेको छ । नेपाली कांग्रेस जिल्ला अध्यक्ष हिमाल कर्मचार्य लगायतका नेताहरुले इलाममा प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।जिल्लाका विभिन्न स्थानवाट आएका कार्यकर्ताहरुले सदरमुकाम इलाममा नारा जुलुस गरि इलाम बजार परिक्रमा गर्दैछन । टुडिखेलवाट सूरु भएको प्रदर्शन सभामा परिणत हुनेछ । सभालाई हिमाल कर्मचार्य, नगेन्द्र कुमाल, डम्बर खड्का लगायतका जिल्लाका नेताहरुले सम्वोधन गरेका छन।
अर्घाखाँचीमा काँग्रेस कार्यकर्ताहरु मुठ्ठी बाँधेर सडकमा उत्रिए
अर्घाखाँचीमा काँग्रेस कार्यकर्ताहरु मुठ्ठी बाँधेर सडकमा उत्रिएका छन् । नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप अर्घाखाँचीको सदरमुकाम सन्निखर्कमा काँग्रेसले विशाल प्रदर्शन सुरु भएको हो।
अर्धाखाँचीमा काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेको नेतृत्वमा काँग्रेसले विरोध प्रदर्शन गर्दैछ ।
काठमाडौं कांग्रेसको प्रश्न वाइडबडी काण्ड कता हरायो ?
प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं कांग्रेसले वाइडबडी काण्ड कता हरायो भन्ने प्रश्न गरेको छ । नेपाली कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गर्दै सो प्रश्न गरेको हो ।वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न , निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही , तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न लगायका माग गर्दै काठमाडौं कांग्रेसले शान्तिवाटिकामा विशाल प्रदर्शन गरेको छ ।सरकार मुसिएका विभिन्न भ्रष्टाचार र विभिन्न आपाराधिक गतिविधिमा व्यहोरेको असफलताका विषयहरुलाई कार्टुन, चित्र र प्लेकार्ड मार्फत कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनिहरुले प्रधानमन्त्री ओलीजी ! वाइडबडी काण्ड कता हरायो भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो जस्ता प्ले कार्ड प्रदर्शन गरेका छन् ।
कपिलबस्तु तौलिहवामा नारा जुलुस गरि तौलिहवा बजार परिक्रमा
नेपाली कांग्रेसले देशव्यापी गरेको प्रदर्शनका क्रममा कपिलबस्तुमा समेत विशाल प्रदर्शन भएको छ । कपिलबस्तुका सडक भरि कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।जिल्लाका विभिन्न स्थानवाट आएका कार्यकर्ताहरुले सदरमुकाम तौलिहवामा नारा जुलुस गरि तौलिहवा बजार परिक्रमा गरेका छन । खेल मैदान वाट सूरु भएको प्रर्दशन , नयाटोल ,गौढि चौक, भिक्षु चौक परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय अगाडी आई सभामा परिणत भएको छ । सभामा केन्द्रीय सदस्य अतहर कमाल, पुर्व मन्त्री दिपकुमार उपाध्याय, जिल्ला सभापति सुरेन्द्रराज आर्चाय लगायत जिल्लाका नेताहरुले सम्वोधन गरेको छ ।
दैलेख सदरमुकाम खलङ्गामा नेपाल कांग्रेसले प्रदर्शन
दैलेख सदरमुकाम खलङ्गामा नेपाल कांग्रेसले प्रदर्शन गरेको छ । सदरमुकाम खलङ्गामा कांग्रेस नेतासहित कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।नेपाली कांग्रेस जिल्ला अध्यक्ष कृष्ण बिसीको नेतृत्वमा जिल्लाका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।
धादिङबेसीमा काँग्रेसको प्रदर्शन बुढीगण्डकी चीनलाई दिईएकोप्रति आक्रोश
बुढीगण्डकीका प्रभावित क्षेत्र र डुवान क्षेत्रका बासिन्दासहितको सरकार विरुद्धको काँग्रेसको प्रदर्शनको क्रममा बुढीगण्डकी चीनलाई दिईएकोप्रति आक्रोश व्यक्त गरिएको छ । सोमबार धादिङबेसीमा भेला भएका काँग्रेस कार्यकर्ता र बुढीगण्डकी डुवान क्षेत्र तथा प्रभावित क्षेत्रका बासिन्दाहरुले चीनलाई बुढीगण्डकी बुझाईएकोमा आक्रोश व्यक्त गरेका छन् ।नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा काँग्रेसले विशाल प्रदर्शन गरेको छ । हातका काँग्रेसको झण्डा र व्यानर बोकेका कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले असफल भएको आरोप समेत लगाए। सरकारले चाहिने भन्दा नचाहिने विषयलाई धेरै प्राथमिकता दिएको भन्दै सरकारलाई खबरदारी गरेका छन् ।
नेपालगञ्ज सदरमुकाम बाँकेमा बिशाल प्रदर्शन
नेपाली कांग्रेसले नेपालगञ्ज सदरमुकाम बाँकेमा बिशाल प्रदर्शन गरेको छ । कांग्रेस नेतासहित कार्यकर्ताले सदरमुकाम बाँकेमा बिशाल प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।नेपाली कांग्रेस जिल्ला अध्यक्ष किरण कोइालाको नेतृत्वमा जिल्लाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । कार्यक्रमलाई अध्यक्ष कोइराला लगायतका जिल्ला नेताहरुले सम्वोधन गरेको छ ।
मुल्यवृद्धि बिरुद्ध औद्योगिक नगरी भैरहवामा उर्लियो कांग्रेस
चर्को मुल्यवृद्धि फिर्ता गर्न, राज्य आतंक बन्द गर्न,वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही लगायतका माग राखि नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । सोहि विरोधको पुर्व निर्धारित कार्यक्रम अन्तर्गत औद्योगिक नगरी भैरहवामा नेपाल कांग्रेसले प्रदर्शन गरेको छ ।
कांग्रेस नेतासहित कार्यकर्ताले सदरमुकाम रुपन्देहीमा बिशाल प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् । नेपाली कांग्रेस जिल्ला अध्यक्ष किरण कोइालाको नेतृत्वमा जिल्लाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
सरकारविरुद्ध नेपाली कांग्रेसले बैतडीमा विरोध प्रदर्शन ,सरकार अधिनायकवादी बाटोमा हिडेको आरोप
सरकारविरुद्ध नेपाली कांग्रेसले बैतडीमा विरोध प्रदर्शन गरेको छ। सरकारले जनताको भावना विपरीत काम गरेको, दुई तिहाइको बलमा कानुन र संविधान विपरीत काम गरेको सोमबार कांग्रेसले विरोध प्रदर्शन गरेको छ।संसदीय मार्यादा कायम गर्न नसकेको, महंगी भ्रष्टाचार बढाएको भन्दै कांग्रेसले देशैभरी सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत बैतडीमा विरोध प्रदर्शन गरिएको छ।
पार्टी कार्यालय गोठलापानीबाट सुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय अगाडि गढी पुगेर कोणसभा सभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले सरकारी अधिनायकवादी बाटोमा हिडेको आरोप लगाए। उनले भने ‘सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन्। डा। गोविन्द केसीसंग भएका सम्झौता कार्यान्वयनमा सरकार उदासीन भएको छ। जताततै महंगी र भ्रष्टाचार बढेको छ। त्यसैले सरकारले गरिरहेका जनविरोधी कामहरुलाई रोक्नका लागि दबाब दिन हामीले विरोध सुरु गरेका हौं।’
विरोध प्रर्दशनमा कांग्रेसका भातृसंगठनका प्रतिनिधि र कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो। सरकारले दुई तिहाइको बलमा लोकतन्त्र विरोधी काम गरिरहेको कांग्रेसजनहरुको आरोप छ।
धनगढीमा पनि सोमवार शक्ति प्रदर्शन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धनगढीमा सरकारविरुद्ध शक्ति प्रदर्शन गरेको छ ।महंगी, भ्रष्टाचार तथा सरकारका जनविरोधी निर्णयको विरोध गर्नभन्दै कांग्रेसले देशव्यापी रूपमा गरेको प्रदर्शनका क्रममा धनगढीमा पनि सोमवार शक्ति प्रदर्शन गरिएको हो ।
धनगढी र आसपासका क्षेत्रबाट ठूलो संख्यामा नेता कार्यकर्ता धनगढीमा भेला भएका छन् ।
कपाको सरकारले काम नगरेर कुरा मात्र ठुला गरेको भन्दै नेपाली कांग्रेस बाजुराले विरोध पदर्शन गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कमिटीको निर्देशनमा आइतबार बाजुरामा प्रदर्शन गरिएको हा।
कांग्रेस बाजुराले अहिलेको सरकार निरंकुश भएको भन्दै चर्को नाराबाजी
कांग्रेस बाजुराले अहिलेको सरकार निरंकुश भएको भन्दै चर्को नाराबाजी सहित प्रदर्शन गरेको छ। जिल्ला सदरमुकाम कोल्टी लगायतका बजारमा प्रदर्शनका कार्यक्रम गरेको बाजुराका जिल्ला सभापति कविराज पण्डितले बताए। नालाएक सरकार मुर्दावाद, निर्मला पन्तलाई न्याय देउ, केपी सरकार मुर्दावाद लगायतका नाराबाजी गर्दै प्रदर्शन गरेको सभापति पण्डितले जनाए।
सरकारविरुद्ध निकालिएको आन्दोलनमा अधिकांश शिक्षक र जिल्ला स्वास्थ्यमा कार्यरत स्वास्थ्यकर्मीहरुको पनि सहभागिता थियो। आन्दोलनमा पूर्वशिक्षक, स्वास्थ्यकर्मी, सरकारी कर्मचारीहरुले समेत सरकारकविरुद्ध नारा लगाए।