logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

पोखरामा काङ्रेसको प्रर्दशनमा गगन थापालाई आफ्नै कार्यकर्ताले किन देखाए कालो झण्डा ?


  • राजनीति
  • सोमबार, माघ २१ २०७५

आश तमु ,पोखरा- नेपाली काङ्गे्रस नेता गगन थापालाई आफ्नै कार्यकार्ताहरुले कालो झन्डा देखाएका छन। जिल्ला समिति कास्कीले सोमबार पोखरामा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै गर्दा थापालैइ नेबिसँघ कास्कीका बिद्यार्थीहरु नेताहरुले कालो झण्डा देखाएका हुन।
केही दिन अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाल विद्यार्थी संघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका थिय।

शनिबार बिहान पोखरामा सवारी साधनमा आगो लगाई फरार भएका ५ व्यक्ति पक्राउ परेका थिय । पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडीलाई मोटरसाइकल तथा स्कुटरमा आएका ४-५ जनाको समुहले बाटो छेकेर पेट्रोल छर्कि आगो लगाएर फरार भएका थिए ।

थप अनुसन्धानका क्रममा चालकले दिएको हुलिया तथा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले लेकसाइड स्थित स्ट्रिट नं ९ मा होटेलमा लुकिछिपि बसेको अबस्थामा ५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं ६ का २३ वर्षीय डिफान भुजेल, वडा नं ३२ का ३३ वर्षीय पर्शुराम बस्नेत, वडा नं ३० बस्ने ३० वर्षीय राजेन्द्र बराल, सोही वडा बस्ने ३५ वर्षीय लक्ष्मी प्रसाद पौडेल र वडा नं ३३ बस्ने २२ वर्षीय बिनय पौडेल रहेको प्रहरीले उल्लेख गरेको छ । उनीहरु काँग्रेस सम्बद्ध संगठन नेवि संघमा आवद्ध रहेका छन् ।

प्रहरीले घटनामा प्रयोग भएको ग ८ प ५८२३ को स्कुटर, ग १४ प १७२९ को स्कुटर र बा ५६ प ३४८६ को एभेन्जर मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार