logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कांग्रेस प्रति क्रुर बन्दै ओली,नेविसंघ अध्यक्ष महरसहित ६ जना वानेश्वरबाट पक्राउ


  • राजनीति
  • मंगलबार, माघ २२ २०७५

काठमाडौं– नयाँ वानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीसहितका ६ नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

पोखरामा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न माग गर्दै वानेश्वर हुँदै जिल्ला प्रशासन कार्यालय जाने क्रममा महरसहित उपाध्यक्ष नवीन राईलगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

उनका अनुसार पोखरामा पक्राउ परेका कार्यकर्तालाई हिरा नगरे कडा आन्दोलन गर्ने जानकारीसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने कार्यक्रम थियो ।

पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार