logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

लमजुङमा देवरले गरे लजास्मत हर्कत,आफ्नै भाउजुलाई गरे बलत्कार


  • राजनीति
  • मंगलबार, माघ २२ २०७५

लमजुङ- प्रहरीले एक जनालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोपी भाउजूमाथि बलात्कार गर्ने देवरलाई प्रहरीले प्रकाउ गरेको हो। स्थायी घर गोरखा भइ लमुजुङको सुन्दरबजार नगरपालिका–७ सैनिकटोलमा बस्दै आएकी ४२ वर्षीया महिला आफ्नै देवरबाट बलात्कृत भएकी हुन् ।

४२ वर्षीय देवरले गत बिहीबार राति घरमा कोही नभएको मौका पारेर भाउजूलाई बलात्कार गरेको प्रहरीमा प्राप्त उजूरीमा उल्लेख छ । पीडितका श्रीमान्ले दिएको उजूरीको आधारमा इलाका प्रहरी कार्यालय सुन्दरबजारले ती पुरुषलाई प्रक्राउ गरेको हो। पीडित र पीडक दुवैको नाम प्रहरीले गोप्य राखेको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । दाजुभाउजूसँगै सँगै बस्दै आएका ती पुरुष सुन्दरबजारमा मजदुरी पेशा गर्दै आएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार