logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरामा आदिवासी जनजातीहरुको समसामायिक हक अधिकारको विषयमा छलफल


  • राजनीति
  • मंगलबार, माघ २२ २०७५

आश तमु , पोखरा- पोखरामा आदिवासी जनजातीहरुको समसामायिक हक अधिकारको विषयमा जनजाती अगुवाहरु विच एक कार्यक्रममा छलफल भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) कास्कीकाे आयाेजना र नेपालका अादिवासीहरूकाे वकिलहरूकाे समूह (लाहुर्निप)सँगकाे सहकार्यमा “समसामयिक परिस्थितिमा आदिवासीका सवालहरू, दिगाे विकास र १५औ पञ्च वर्षीय याेजना” विषयमा छलफल भएको हो।

कार्यक्रममा बोल्ने अधिकाश वक्ताहरुले देश सघियतामा गई सकेको अवस्थामा सघिय राज्यमा आदिवासीजनजातीहरुको आफुले प्रयोग गर्न पाउने अधिकारहरुबाट अनविज्ञ रहेको भन्दै सचेतना मुलक कार्यक्रमहरु गर्दै लैजानु पर्ने कुरामा जोड दिएका छन।
उक्त विषयक कार्यक्रमका वक्ताहरू: नेफिन, केन्द्रका उपाध्यक्षहरू- गाेबिन्द छन्त्याल र गणेशलाल थकाली, लाहुर्निपसम्बद्ध वरिष्ठ अधिवक्ता शंकर लिम्बू, दुर्गा राई र राष्ट्रिय मानवअधिकार आयाेग प्रदेश ४ का प्रतिनिधि नितु गड्ताैलाले आ आफ्ना भनाईहरु राखेका थिय।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) कास्कीका अध्यक्षता धर्म तमू र बमबहादुर छन्त्याल आ आफ्ना भनाई हरु राखेको पत्रकार रमेश तमुले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार