logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बहुचर्चित जनवादी गायक जिवन शर्मा पार्टीको कार्वाहीमा


  • राजनीति
  • मंगलबार, माघ २२ २०७५

बहुचर्चित जनवादी गायक तथा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्मा आफ्नो पार्टीमा निलम्वनमा परेका छन् ।
मोहन बिक्रम सिंह नेतृत्वको नेकपा (मसाल) को आठौं महाधिवेशनको तयारी चलिरहेको अवस्थामा नेकपा (मसाल) को केन्द्रीय कार्यलयको बैठकले शर्मालाई पार्टी केन्द्रीय सल्लाहकार तथा सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्नुका साथै रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय अध्यक्षबाट पनि हटाउने निर्णय गरेको छ ।
शर्माले महाधिवेशनको अवसरमा चलेको दुई लाइन सघर्षमा स्पष्टसँँग अल्पमत पक्षको राजनितिक कार्यदिशालाई समर्थन गरेका थिए । अल्पमत पक्षमा लागेका नेता/कार्यकर्तालाई यो वा त्यो बहानामा अनुशासनको डण्डा लगाएर पार्टीबाट कारवाही गर्दै आएको मसालको बहुमत पक्षले केन्द्रीय समिती र कार्यलयमा प्राविधिक बहुमत बनाएर जीवन शर्मालाई पार्टीबाट निलम्बन गरेको हो ।

उनि रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनको तयारीका लागि देश दौडाहमा रहेका छन । यहि बेला शर्मालाई पार्टीले रक्तिमको अध्यक्षबाट समेत हटाएकाे छ।
शर्मालाई पार्टीबाट गरिएको विषयलाई लिएर मसालभित्र तिब्र विरोध भएकाे छ। रक्तिम सांस्कृतिक अभियानको सम्मेलनको पूर्वसन्ध्यामा शर्मालाई हटाएपछि सम्मेेेेलनसमेत प्रभावित भएकाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार