राजनीति
पोखरा- नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले बुधबार देशभर मसाल जुलुस सहित कास्कीमा पनि प्रदर्शन गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको रिहाई तथा एनसेलले ७२ अर्ब कर छलि गरेको भएपनि सरोकालावाला पक्ष मौन रहेको बिरोधमा संगठनले मसाल जुलुस सहितको बिरोध प्रदर्शन गरेको हो ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई यही माघ १७ गते संगठनको कामको सिलसिलामा रहेको बेला विराटनगर विमानस्थलबाट बिनाकारण गिरफतार गरेको जनाउँदै बिनासर्त तुरुन्त रिहा गर्न माग गर्दै केन्द्रीय समितिले भोलि २४ गतेको दिन देशैभर शैक्षिक हड्तालको घोषणा गरेको थियो । सोही अनुरुप गन्डकीले पूर्वघोषित कार्यक्रमलाई सफल पार्न भन्दै संस्थाहरु बन्द गरेर सहयोग गर्न सयोजक मिलन राईले अपिल गरेको हो । अपिललाई अटेर गरी संचालन गरिए कडा कारवाही गर्ने चेतावनी समेत उसले दिएको छ ।
सयोजक मिलन राईले अवौ कर छल्लदा समेत एनसेललाई छाडिदिने र त्यसको बिरोध गर्दा पक्राउ गर्ने, बिद्यार्थी नेता कार्यकर्तालाई झुठा मुद्धा लगाएर फसाउने कार्य बढेको भन्दै यस्तै हर्कत रहिरहे फैसला सडकले गर्ने चेतावनी दिए ।