बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले बिहिवार गरेको एकदिने शैक्षिक हडताल काे प्रभाव देशैभरी परेकाे छ। आज बिहान देखि स्कुल कलेजहरु चल्न सकेका छैनन् भथे स्कुल कलेजका गाडीहरु सडकमा देखिएका छैनन्।
अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको रिहाई तथा एनसेलले ७२ अर्ब कर छलि गरेको भएपनि सरोकालावाला पक्ष मौन रहेको बिरोधमा संगठनले हिजाे मात्र मसाल जुलुस सहितको बिरोध प्रदर्शन गरेको थियाे ।
शैक्षिक हडताल काे कार्यक्रमलाई सफल पार्न शिक्षण संस्थाहरु बन्द गरेर सहयोग गर्न केन्द्रीय सचिवालय सदस्य मिलन राईले अपिल गरे । अपिललाई अटेर गरी संचालन गरिए कडा कारवाही गर्ने चेतावनी समेत उसले दिएका छन्। उनले बिहानबाट गण्डक क्षेत्र का शिक्षणसंस्था बन्द रहेकाे जानकारी गराए।
लुम्बिनी अन्तर्गत का शिक्षण संस्था बन्द रहेकाेे सचिवालय सदस्य तथा लुम्बिनी संयाेजक बिरेन्द्र बिक ले बताए। उनले बिहान संन्चालनहुने स्कुल कलेजहरु बन्द रहेकाे र दिउसाेे पनि बन्दहुने बताएका छन्। भने सेतिमहाकालि भेरी कर्णाली अन्तर्गतका शिक्षण संस्थाका बन्दकाे प्रभाव परेकाे केन्द्रीय सचिवालय सदस्य पुष्प न्याैपानेले जनाएका छन्।
यता राजधानीका स्कुल कलेजहरु पनि पुर्ण बन्द रहेकाे र बन्दलाइ संस्थाहरुले बन्द गरेर सहयाेेग गरेकाे केन्द्रीय सदस्य तथा उपत्यका संयाेजक लाेकेन्द्र बिस्टले बताए ।