राजनीति
बागलुङ-बागलुङको पश्चिम ढोरपाटन शिकार आरक्ष क्षेत्र आसपासमा हिमपात भएको छ । बिहिबार विहानैदेखि परेको वर्षासँग ढोरपाटन क्षेत्रमा हिमपात भएको हो ।
हिमपातसँगै सो क्षेत्रमा पुनः चिसो बढेको ढोरपाटन शिकार आरक्षका कार्यरत वन रक्षक विरबहादुर थापाले जानकारी दिए । सो क्षेत्रमा विहानैदेखि भारी हिमपात भएको छ । हिमपातको कारण स्थानीयलाई बाहिर निष्कन समेत गर्न गाह्रो भएको छ ।