राजनीति
मादी गाउपालिकाको चाैथो गाउसभा बैठक तथा अधीबेशन प्रमुख बेद बहादुर गुरुङले पानसमा दिप प्रज्बलन गरि उद्घाटन गर्नु भएको छ ।मादी गाउपालिकाको हिउदे अधिवेशन आज बाट सुरु भएको हो ।
उद्घघाटन समारोहमा अध्यक्ष गुरुङले यस आथीक बर्षमा गाउपालिकाले गरेका गतिबिधी , प्रगति बिबरण पारित गरेका कार्यबिधी एन लगायत बिषय समिटिएको प्रतिबेदन पेस गर्नु भएको छ। प्रतिबेदनमा यस बर्ष तेस्रो गाउसभाबाट पारित कुल ४६ करोड २लाख ३३ हजार ६ सय ४ मध्य हाल सम्म गाउपालिका लाई १४ करोड ४५ लाख ३९ हजार ६५ प्राप्त भएको र १२ करोड ९८ लाख ७१ हजार २ सय २७ रुपैया खर्च भएको उल्लेख छ।यो खर्च चालु खर्च ८४।८७% र पुजिगत १५।१३% हो। हाल सम्म गाउपालिकाले ४२ वटा एन , नियमावली,कार्यबिधी पारित गरेको जनाएको छ।

जसमा अपाङ्ग परिचय पत्र बितरण सम्बन्धी कार्यबिधी २०७५, होम स्टे कार्यबिधी २०७५, अध्यक्ष संग युवा स्वरोजगार कार्यबिधी २०७५ ,शीक्षा एन,कृषी एन, जलस्रोत एन लगायत रहेको छ। यस बर्ष हाल सम्म ३० पटक कार्यपालिकाको वैठक वसेको । २६६८ घर कायम गरेको, मादी गाैरवको अायोजना हरु याङजाकोट बाट तोगी भाचोक जाने सडकमा प्रदेश सरकार वाट ५० लाख बजेटको रकम पार्न पहल, बिजयपुर खोलाको मोटरेबल पुल शिलान्यस त था सिक्लेसमा शान्ती स्तुपाको निर्माण , काउखोला दुधपोखरी सडक कालो पत्रेको सुरुवातको लागी टेण्डर को प्रकृयामा रहेको, काउरे ताङ्तिङ सडक र राखी मिजुरे सडक लाई राष्ट्रीय ग्रामिण यातयात परियोजनाबाट सडक सुधारका लागि क्रमश २ करोड ३६ लाख र ३ करोड , बजेट आएको ।थुन्सीकोट मा सामुदायिक भबन लगायत वडा कार्यलयहरु को डि पि आर भएको, ताङतिङबाट क्होला सोथर सम्पदा सडकलाई ७० लाख बजेट सहित स्थानिय पुर्बधार बाट बिनियोजन भएको ऊल्लेख छ।
१२ वटै वडामा १ घर १ धारा खानेपानी योजनाको डि पि आर भईरहेको ,सेती खोला , ईदी खोला र वार्दी खोलाको डि पि आर गरेको र मादी र घुम्लेको पुल निर्माणधिन रहेको ,गाउपालिका महासंगको अधीबेशन ताङतिङमा सम्पन्न गरेको,गाउपालिकालाई सुचना प्रविधीमैत्री बनाउन अप्टीकल फाईबर लिक लाईन जडान गरेको,सार्वजानिक सुनुवाई गरेको ,उपाध्यक्ष संग महिला कार्यक्रम अन्तर्गत लैगिक हिसां बिरुद १६ दिने अभियान १२ बटै वडामा सम्पन्न गरेको , सिक्लेस १०० पर्यटन गन्तव्य छनोट भई ५० लाख बजेट मध्य २५ लाख को अख्तियारी आएको ,ईदी ,चत्क्यु, थाक, बुम्ले, मादि नदी मा झोलुङ्गे पुल निर्माणको चरणमा रहेको ,सिक्लेस कोरी केबलकारको अध्ययनको लागि आशयपत्र र सर्वेक्षण अनुमती सिक्लेस अन्नपुर्ण केबलकार प्रा ली लाई दिएको , गाउपालिका केन्द्र याङ्काकोट सम्म को कशेरी भैसे याङ्जाकोट सडक डि पि आर गरि कालोपत्रेको प्रकृयामा रहेको उल्लेख छ।
आज बैठकमा छलफलका एजेण्डाहरु गाउपालिका उपाध्यक्ष बिष्णु पाैडेल आचायले राख्नु भयो। वैठकमा हाल सम्म कार्यपालिका बैठकले गरेका निर्णयहरुको अनुमोदन, बजेको सामान्य संशोधन, पारित गरेका कार्यबिधीहरुबारे छलफळ ,महालेखा परिक्षकबाट प्राप्त प्रतिबेदन माथी छलफल हुने मादी ७ का वडा अध्यक्ष लाल बहादुर गुरुङले बताउनु भयो। जारी अधीबेशनमा मादी का १२ वटा वडाका ६२ जना जनप्रतिनिधीहरुको सहभागिता रहेको छ भने सन्चालन मादि गाउपालिकाकाे प्रमुख प्रशाशकिय अधिकृत युबराज अधीकारीले गर्नु भएको छ।मादी वार्ड ७ का अध्यक्ष लाल ब तमुले १०० जना युवालाई स्वराजगार बनाउने सनेत बताए