logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कसले गरायो बलिउड गायक सोनु निगमलाई यस्तो हालत ? आइसियूमै भर्ना हुनुपर्यो


  • राजनीति
  • शुक्रबार, माघ २५ २०७५

दुई दिनको अस्पताल बसाईपछि  बलिउड गायक सोनू निगमलाई बुधबार डिस्चार्ज गरिएको छ ।  छालाको एलर्जीपछि मुम्बईको नानावटी अस्पतालको आइसीयूमा भर्ना गर्नुपर्यो ।

बाहिरको खाना खाँदा सोनू निगमलाई  छालाको एलर्जी भएको बताइएको छ । उनले एलर्जीलाई कहिले पनि सामान्य नलिन आग्रह गरेका छन् ।‘मलगायत सबैका लागि पाठ, एलर्जीको जोखिम कहिले, कहिले, कहिले पनि नलिनुहोस् । मेरो केसमा ‘सी फूड’ ।’इन्स्टाग्राममा आफ्नो एउटा फोटो सेयर गर्दै उनले लेखेका छन।सोनूको अहिले स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको बताइएको छ ।

तीन महिनाअघि नै अब राजदूत सिफारिस हुने

विभिन्न देश तथा नियोगमा राजदूतको पदावधि सकिनुभन्दा तीन महिनाअघि नै अब राजदूत सिफारिस हुने भएका छन् । संसदीय सुनुवाइ समितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नयाँ निर्देशिका अनुसार राजदूतको सिफारिस प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो ।
सरकारले असार २४ गते राजदूत नियुक्ति सम्बन्धी निर्देशिका पारित गरेको थियो । निर्देशिका अनुसार राजदूतको कार्यकाल सकिनुभन्दा तीन महिना अघि नै सिफारिस प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था छ ।
राजदूत नियुक्तिमा समावेशिताका विषयमा समितिले मन्त्री ज्ञवालीलाई छलफलका लागि बोलाएको थियो । मन्त्री ज्ञवालीले सकभर सरकारले दौत्य सम्बन्ध कायम गरी दूतावास स्थापना भएका देशमा राजदूत खाली नगर्ने सरकारको नीति रहेको बताउनुभयो ।
समितिमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘‘रिक्त हुनुभन्दा तीन महिनाअघि नै नियुक्ति प्रक्रिया सुरुवात गर्ने निर्देशिका अहिले हामीले प्रचलनमा ल्याएका छौँ ।’’
‘‘हामीले जेनेभामा राजदूतको पदावधि कायम रहँदै नयाँ राजदूत सिफारिस समेत गरिसकेका छौँ । नयाँ मापदण्ड अनुसार नै हामीले सिफारिस गरेका हौँ’’, उहाँले स्पष्ट पार्नुभयो ।
परराष्ट्र मन्त्रालयले अहिले सबै देशको सम्बन्ध समेत बुभ्mने गरी देशहरूको प्रोफाइल तयार पार्ने काम गरिरहेको पनि मन्त्रीले ज्ञवालीले जानकारी दिनुभयो ।
देशको आर्थिक, सामाजिक अवस्था नेपालसँगको सम्बन्ध लगायतका विषयमा प्रोफाइल तयार भइरहेको उहाँले बताउनुभयो । नियुक्त हुने राजदूतले त्यसैबाट निर्देशित हुनुपर्ने उहाको भनाई छ । राजदूतहरूले अब, आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्ने पनि उहाँले बताउनुभयो ।
मन्त्री ज्ञवालीले राजदूतलाई सामान्य कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे न्यूनतम् जानकारी होस् भन्ने उद्देश्यले प्रशिक्षणको व्यवस्था गरिएको बताउनुभयो ।
राजदूतले ग्लोबल टे«न्ड बुझ्न आवश्यक हुने पनि उहाँले बताउनुभयो । राजदूतको क्षमता अभिवृद्धि तथा कूटनीति सम्बन्धी न्यूनतम जानकारीका लागि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयोजनमा एक साताको प्रशिक्षण दिने गरिएको पनि उहाँले बताउनुभयो ।
कतिपय राजनीतिज्ञले नै राजदूत पदलाई हल्का रूपमा लिने गरेको पनि उहाँले बताउनुभयो । राजदूत बनाएर पठाएका देशमा निजी स्वार्थ भएका व्यक्तिलाई नियुक्त गर्दा विवादमा परेको स्मरण गर्दै मन्त्री ज्ञवालीले प्राथमिकता बुझ्नेलाई छनोट गर्नुपर्ने बताउनुभयो ।
सांसद्को गुनासो–समावेशी भएन
मन्त्रीसँगको छलफलमा समिति सदस्यहरूले राजदूत सिफारिस समावेशी हुन नसकेको बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सांसद् योगेश भट्टराईले पछिल्लो केही सिफारिसका समावेशी रूपमा राजदूत सिफारिस नभएको बताउनुभयो । सांसद् नीरुदेवी पालले राजदूतसँगै संवैधानिक आयोगहरूका पदाधिकारीको सिफारिसमा पनि समावेशी हुन नसकेको बताउनुभयो ।
सांसद अमृता थापामगरले महिला तथा महिलामा पनि आदिवासी, दलितलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । सांसद् जीतेन्द्र नारायण देवले ‘करिअर’बाट राजदूत नियुक्त गर्दा समावेशीका लागि तोकेको योग्यता पुगेका व्यक्ति नभए सरकारले विशेष निर्णय गर्न सक्ने सुझाव दिनुभयो ।
उहाँले परराष्ट्रकै वरिष्ठ उपसचिवलाई विशेष निर्णय गरेर राजदूत सिफारिस गर्न सकिने बताउनुभयो ।
सांसद् पुष्पा भुसालले राजदूतलाई सिफारिसपछि दिइने तालिमको अवधि छोटो भएको बताउनुभयो । उहाँले परराष्ट्र बाहेक अन्य मन्त्रालयका वरिष्ठ सहसचिवलाई राजदूतका रुपमा सिफारिस गर्ने व्यवस्थाका लागिसुझाव दिनुभयो ।
सांसद् सुरेन्द्र पाण्डेले सरकारले समावेशी रुपमा योग्य र दक्ष व्यक्तिलाई राजदूतमा सिफारिस गर्नुपर्ने बताउनुभयो । पाण्डेले राजदूतको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण लगायतका व्यवस्था गर्न सुझाव दिनुभयो ।
सांसद्को प्रश्नमा मन्त्री ज्ञवालीले ‘करिअर’बाट राजदूत सिफारिसको हकमा कम समावेशी भएको उहाँले स्वीकार गर्नुभयो । राजनीतिक नियुक्तिका क्रममा समावेशी सिद्धान्तलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने उहाँले बताउनुभयो । उहाँले अन्य सेवाबाट राजदूत बनाउन नमिल्ने बताउनुभयो । समावेशी सिद्धान्तलाई सरकारले सिफारिस प्रक्रियामा पूर्ण पालना गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार