logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

भारत पुगेको नेपालको बिमानलाई किन अबतरण गर्न दिएन भारतले ?


  • राजनीति
  • शुक्रबार, माघ २५ २०७५

काठमाडौं – काठमाडौंबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपाल वायुसेवा निगमको एयरबस ३२० खराब मौसमका कारण अवतरण नगरी काठमाडौं फर्किएको समाचार कान्तिपुरमा छापिएको छ ।

निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण विमान अवतरण हुन नसकेको हो । ‘आधी र हावाहुरीका कारण विमान काठमाडौं फर्किएको हो,’ उनले भने । बिहीबार बेलुकी अन्य थुप्रै उडान दिल्लीमा अवतरण हुन नसकेर फर्किएको थिए ।

आरएनए २१७ नम्बरको यो उडान बिहीबार बेलुकी साढे ५ बजे काठमाडौंबाट उडेको थियो । यो रुट एकतर्फी १ घण्टा ५० मिनेट हाराहारी समय लाग्छ विमान साँझ साढे ८ बजे काठमाडौंमै अवतरण भएको थियो ।

हिमपातका बाबजुद पनि आँखा शिविर सम्पन्न

ओखलढुंगाको खिजी देम्बा गाउँपालिकामा हिमपातका बाबजुद पनि आँखा शिविर सम्पन्न भएको छ । तिराले अष्ट्रिया हेल्प चुप्लुङ नेपालका कार्यकारी सञ्चालक आङ पासाङ शेर्पाको आयोजनामा आँखा शिविर भएको हो ।
खिजी देम्वा गाउँपालिकाका वडा नंबर ३, ४, ५, ६, ७ र ९ का स्थानीय बासिन्दाको आँखा उपचार गर्नुको अलावा आँखाको मोतिबिन्दुको सफलतापूर्वक शल्यक्रिया पनि गरिएको थियो । काठमाडौंवाट तिलगंगा अस्पतालका १५ जना डाक्टरहरुको टोलीसहित आङ पासाङ शेर्पाको व्यक्तिगत प्रयासबाट आँखा उपचार शिविर भएको हो । शिविरमा दुई हजार २५० जनाले सेवा प्राप्त गरेका थिए ।
आँखाको मोतिविन्दुको कारण आँखा देख्न नपाएकाहरुले समेत आँखा राम्ररी देख्न पाउँदा खुसी व्यक्त गरेका छन् । खिजी देम्बा गाउँपालिकाका कतिपय स्थानमा हिमपातका कारण गाडी लानसमेत कठिनाइ भएको आयोजक आङ पासाङ शेर्पाले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार