logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

कालीप्रसाद बाँस्कोटा चोर संगितकार !”इन्स्टाको फोटो” गीत फ्रेन्च गीतबाट कपी


  • राजनीति
  • शुक्रबार, माघ २५ २०७५

काठमाडौँ- मौलिक संगीतकारको छवि बनाएका कालीप्रसाद बाँस्कोटामाथि अहिले चोरीको आरोप लागेको छ । उनले भर्खरै बजारमा ल्याएको “इन्स्टाको फोटो” गीत फ्रान्सेली गायिका कार्ला ब्रुनीले गाएको एक फ्रेन्च गीतबाट कपी गरेको आरोप लागेको हो ।

दुवै गीत सरर सुन्दा हुबहु लागेपछि दर्शकले नै अहिले कालीप्रसादको नाम गालीप्रसादमा परिणत होला भन्ने चिन्ता भइसक्यो ! किनभने उनलाई दर्शक तथा स्रोताले गाली गरेको गरै छन् ।हुन पनि दुवै गीतको इन्ट्रो म्युजिक पनि उस्तै छ । विडम्बना त के भने चोरीको आरोप लागेको गीत युट्युव ट्रेन्डिङमा अगाडि नै आएको छ र त्यसैमा काली मख्ख छन् । उनलाई लागिरहेको आरोपमाथि उनी मौन छन्, मोबाइल पनि अफ छ ।

सामाजिक सञ्जालभरि गुनासो सुनिन्छन,भाइरल नै नेपाली म्युजिकको भइरस निस्किए केही त गीत चोर्ने मामिलामा पहिला शम्भुजित बास्कोटा, अहिले कालीप्रसाद बास्कोटा भन्न थालेका पनि छन् ।

आचार्य बालकृष्णले ‘आचार्यकुलम’ स्थापना गर्ने

परासी-  पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले पश्चिम नवलपरासीको सुनवलस्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्नुहुने भएको छ ।

साथै जडीबुटी उत्पादन प्रशोधन तथा आयुर्वेदिक केन्द्र, योग ग्राम स्थापना तथा वैदिक कृषिलगायतका कार्यक्रम सञ्चालनका लागि मङ्गलबार उहाँले बर्दगोरिया क्षेत्रको स्थलगत अध्ययन अवलोकन गर्नुभयो ।

आचार्यकुलम, गुरुकूल शिक्षाका साथै आधुनिक शिक्षा पद्धति अध्यापन हुने आवासीय शैक्षिक संस्था हो । यो शिक्षालय भारतको हरिद्वारमा योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्तरुपमा सञ्चालन गरिरहनुभएको छ । आचार्य बालकृष्णले आफूले नेपालमा लगानी गर्न चाहेको र त्यसका लागि बर्दगोरिया क्षेत्र उपयुक्त देखेको बताउनुभयो ।

उहाँ भन्नुभयो, “यहाँका नागरिकले साथ र सहयोग गरेमा म यस क्षेत्रलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्न चाहन्छु, मेरो बाल्यकाल अभाव र सङ्घर्षमा बितेकाले गरीबका छोराछोरीलाई निःशुल्क पढाएर सेवा गर्ने इच्छा छ, म नेपाली भएकाले पनि नेपाललाई समृृद्ध र स्वस्थ नेपाल बनाउन चाहेको हुँ, शिक्षित नेपाली, स्वस्थ नेपाली बनाउन नेपालका प्रत्येक प्रदेशमा आचार्यकुलम र योगग्राम बनाउने इच्छा पनि छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार