गरिबी मेटाउने सपना देखेर पछिल्लो समय मात्रै दैनिक १८ नेपाली राेजगारीकाे शिलशिलामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बाहिरिन्छ।उनिहरुकाे एउटामात्र चाहाना हुन्छ परिवारमा पुग्नेगरी राेजीराेटीकाे ब्यबस्थापन हाेस्।
तर सबैलाइ साेचेजस्ताे कहाँ हुन्छ र ? बिदेशी हरुकाे हेपाइ कामकाे चरम प्रेसर आफन्तकाे सपना माझ पसिनाकाे धारा बगाएर केही जाेहाे गर्छन्।
बैदेशिक राेजगारीकाे क्रममा रहेका नेपालीहरु विभिन्न कारणले सपनाहरु चकनाचुर हुन्छन् जिवितै स्वदेश फर्किने सपना दैनिक ३/४ जनाकाे दरले बाकसमा मृत्युु लियर अाउछन्।याे बाध्यता नेपाली युवाहरुकाे हाे।
पछिल्लो समय वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकाअनुसार गत फागुनदेखि हालसम्म झण्डै ११ महिना पनि नबित्दै विदेशमा ज्यान गुमाएका झण्डै ७८८ युवाका परिवारले क्षतिपूर्ति पाएका छन् । यो बीचमा विदेशमा ज्यान गुमाउने २२ जना महिला पनि थिए । ७८८ परिवारलाई सरकारले ४८ करोड ४१ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।
अवैधानिक रुपमा विदेश पुगेर मृत्युवरण गरेका कामदारका परिवारले सरकारबाट कुनै क्षतिपूर्ति नपाउने भएकाले मृतकको संख्या ८ हजार भन्दा निकै माथि रहेको अनुमान छ ।
विगत ११ महिनामा वैदेशिक रोजगारीका क्रममा विरामी तथा अंगभंग भएर फर्किएका ३ सय १३ जनाले क्षतिपूर्ति पाएका छन् । उनीहरुले ६ करोड ९२ लाख क्षतिपूर्ति पाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । बोर्डले वैदेशिक रोजगारीमा रहेका कामदारको ४१ जना परिवारका सदस्यलाई १९ लाख उपचार खर्च पनि वितरण गरेको छ ।
बोर्डले अवैधानिक रुपमा श्रम स्वीकृति नलिई गएका र श्रम अवधि नाघेका कामदारको मृत्यु भएमा क्षतिपूर्ति दिँदैन । त्यसरी मृत्यु भएर फर्किने कामदारको एकीन तथ्यांक बोर्डसँग छैन ।