logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

बिप्लवले २४ औं जनयुद्ध दिवश कहाँ कसरी मनाउदै छ ? हेर्नुहाेस्


  • न्युज डेस्क
  • आइतबार, माघ २७ २०७५

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशभर बिकेन्दिकृत रुपले विभिन्न कार्यक्रम गरी २४ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ । दुईमहिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानमै जनयुद्ध दिवस मनाउने तयारी गरेकाे बताइएकाे छ।
बिगत झै जनयुद्ध दिवशलाइ निरन्तरता मा मनाउने उक्त पार्टी स्राेतले भन्याे देशब्यापी केन्दित तथा बिकेन्दित कार्यक्रम सहित महान जनयुद्धको २४ औं जनयुद्ध दिवश भब्य रुपमा मनाउने तयारी गरेका छाै।

नेपाली जनताले भोगेको सामन्ती दासता, पुँजीवादी शोषण–उत्पीडन, साम्राज्यवादी दोहन र सबैखाले विभेदबाट मुक्तिका लागि तत्कालीन नेकपा (माओवादी) ले हतियार उठाएको २३ वर्ष पूरा भएर २४ वर्ष लागेको अवसरमा २४ औँ जनयुद्ध दिवस देशव्यापी रूपमा मनाउन लागिएको जानकारी नेपाल कम्युनिस्ट पार्टीले दिएको छ ।

तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको स्मरणमा नेकपाले २४ औँ जनयुद्ध दिवस मनाउन लागेको हो । माओवादीको एउटा धोकेबाज नेतृत्व महान् सहिदहरूको रगत लतपतिएको रक्तरञ्जित झन्डा फालेर वर्गदुस्मनसामु लम्पसार परे पनि नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशाबाट पृथक रूपमा जनयुद्ध जारी राखेको भन्दै हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको थियाे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार