बिप्लव नेतृत्वको नेकपाका पाेलिट ब्युराे सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीका नेता कार्यकर्तालाई विनाकारण गिरफ्तार गरेर राज्यले आफुहरुलाई उत्तेजीत पार्न खोजेको बताएका छन्। पार्टी ले संन्चालन गरेकाे संगठन सुदृढ तथा बिस्तार अभियान २ का शिलशिलामा पुर्वि नेपालकाे इलाम पुगेका पुनले तत्कालीन शाही सेना र अन्तराष्ट्रिय समुदायको अध्ययन र निष्कर्ष अनुसार नेपालमा जनयुद्ध हुनुमा कांग्रेस सरकार र उसले परिचालन गरेको पुलीसको व्यवहार मुख्यकारण भएको भन्दै अहिले पनि केपी ओलीको सामाजिक फाँसिवादी सरकार र उसको निर्देशनमा अन्धाधुन्दा परिचालन हुने पुलिस एकिकृत जनक्रान्तिको अप्रत्यक्ष सहयोगी र कारक शक्ति बन्न जाने बताए । उनले ‘शान्तिपूर्ण कार्यक्रममा जनतालाई गीत संगीतद्वारा चेतना जगाउदै हिडेका कलाकारलाई गिरफ्तार गरेर पाँचथरको सिडिओ, डिएसपी र रबि बजारको ईलाका प्रहरी कार्यालयको ईन्सपेक्टर तेजनारायण यादवले हाम्रो क्रान्तिकारी यात्रालाई अप्रत्यक्ष सहयोग गरेका छन् । सोच्न त उनीहरुले केपि ओलीको ताबेदारी गरेर आफ्नो फुली बढाउन खोजेका होलान तर जनता र क्रान्तिकारी आन्दोलनको दृष्टिमा उनिहरु निकै गिरेका छन् र भबिस्यमा जनअदालतको कठघरामा उभिने उद्योग गरेका छन् । यसको लागि उनिहरुलाई धन्यवाद छ ।’
नेता पुनले संगठन निर्माण र सुदृढ गर्ने अभियानमा लागेका आफनो पार्टीका नेता कार्यकर्ताहरुबाट प्रहरी प्रशासन आतंकीत हुन जरुरी नभएको बताए । उनले भने ‘हाम्रो लडाइँ अब प्रहरी, सेना र प्रशासनसँग संस्थागत लडाइँ हुदैन । राजनीतिक दलसँग पनि सँस्थागत लडाइँ हुदैन दलाल र भ्रष्ट जनबिरोधीसँग हाम्रो लडाइँ हुन्छ । जसले देश, जनता र क्रान्तिकारी आन्दोलनका बिरुद्धको हर्कत गर्छ त्यहीँ नै संघर्षको निशानामा पर्छ । दलाल पुँजीवादी व्यवस्थाको असफलतालाई बिषयान्तर गर्न केपी ओली नेतृत्वको सरकारले हाम्रो पार्टीलाई जवर्जस्त युद्धमा धकेल्ने कोसिस गर्दैछ ।
हाम्रो शान्तिपूर्ण न्यायको आवाजलाई जबर्जस्त दबाउन खोजेमा जनताको बिचबाट त्यसको शसक्त प्रतिकार गर्न तयार रहेको बताए । त्यसर्थ हाम्रा पाँचथरमा गिरफ्तार कलाकार र अन्य जिल्लामा गिरफ्तार कार्यकर्तालाई तत्काल रिहा नगरे चरणबद्ध आन्दोलनको घोषणा गर्नेछौं ।’