logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

काे हुन चे ग्वेभारा ? एक परिचय


  • अखिल बिश्वकर्मा
  • आइतबार, माघ २७ २०७५

अर्नेस्तो “चे” ग्वेभारा (जन्म:१४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टीनाका मार्क्सवादी क्रान्तिकारी थिए । जसले क्यूबाको क्रान्तिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चेपनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरूमा क्रांति ल्याएर ती देशहरूलाई स्वतन्त्र बनाउने प्रयास गरे। मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवं वामपंथी गतिविधिहरूको का प्रतीक बन्यो।

चे ग्वेभाराजन्म:१४ जुन १९२८रोसारिओ,  अर्जेन्टिनामृत्यु: ९ अक्टूबर १९६७ (३९ वर्षको उमेरमा)
ला हिगुएरा, बोलिभियाकार्यक्षेत्र:राजनीतिक क्रान्तिमाताको नाम:केलिया डि ला सर्ना लोसापिताको नाम:एर्नस्टो ग्वेभारा लिन्चक्रान्तिको असर परेका देश:दक्षिणी अमेरिकाका प्रायः सबै राष्ट्रहरूक्रान्तिको क्षेत्र(विषय):साम्यवादीआन्दोलन:साम्यवादीक्रान्तिको परिणाम:साम्यवादी सरकारको स्थापनाअन्य कार्य : लेखनवेबपेज

शिक्षककाे नजरमा अभारा थिए चे
ग्वेभाराको शिक्षा दिक्षा सहज हुन सकेन । उनी दुई वर्षको उमेर मै दमको दीर्घ रोगी भए । अन्य बालकको जस्तो चे को स्कुल जीवन हुन सकेन । उनले ओच्छ्यानबाटै अध्ययनको थालनी गरे । भनिन्छ, उनको व्यवहार किशोर हुँदा युवाको जस्तो, युवाहुँदा परिपक्क प्रौढ जस्तो थियो । उनी आत्मविश्वासी, बहुआयामिक र विद्रोही स्वभावका थिए । शिक्षकको नजरमा मूढी, अनुशासनहिन तर अध्ययनशील थिए ।  अल्टा ग्रेसियाको स्कुले जीवन सकेर सन् १९४१ मा १३ वर्षको उमेरमै उनले डिन फ्यूनस स्टेट कलेजमा अध्ययन गरेका थिए । ४ वर्षको कलेज अध्ययन सकेर राजधानी ब्यूनस आयर्सको यूनिभर्सिटीमा मेडिकल विभागमा डाक्टरीको लागि उनी गए । तर उनको परिवारको चाहाना भने इन्जिनियर बनाउने थियो । क्यान्सर रोगबाट आप्mनी हजुरआमाको मृत्यु,  आमाको क्यान्सरसँगको युद्ध र आफ्नै दम रोगका कारण उनी डाक्टरी पढ्नतिर लागे । उनले ६ वर्ष लामो विश्वविद्यालयको पाठ्यक्रम ३ वर्षमै पूरा गरे । उनले अध्ययनको क्रममा राम्रो नम्बर ल्याउनतिर कहिल्यै सोचेनन।

जहाँ यात्रा गरे साइकलमा मात्र
उनी यात्रा गर्न औधी रुचाउँथे । अध्ययनको क्रममै उनी साइकलिङ गरेर देशको कुनाकाप्चा पुगे । स्वास्थका कारण भौतिक शरिर एकदमै जीर्ण देखिए पनि आत्मविश्वासका कारण देशविदेशको भ्रमण गर्न कहिल्यै छाडेनन् । पढन्ते र घुमन्ते स्वभावका उनी घुम्दा घुम्दै माक्र्सदेखि फ्रायडसम्मका पुस्तकहरु अध्ययन गर्न भ्याए । चिकित्सा क्षेत्रको शिक्षाको क्रममै उनी पूरै ल्याटिन अमेरिकाको अधिकांश स्थानमा पुगे । यात्राको क्रममा पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा नराम्रो गरी चोट पुर्यायाेे उनले गम्भीर भएर सोचेँ । शारिरीक रोगको जैविक कारणको त उपचार गर्न सकिन्छ तर सामाजिक, आर्थिक र राजनीतिक कारणको उपचार कसरी सम्भव होला ? यो जटिल प्रश्न उनको जीवनमा यक्ष प्रश्न बनेर आईदियो ।

चिकित्सीय शिक्षाको बेला चे पूरै ल्याटिन अमेरिकामा धेरै घुमे। त्यस बेला पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा चोट पुर्‍यायो।[२] उनले निष्कर्ष निकाले कि यस गरीबी र आर्थिक विषमताको मुख्य कारण एकाधित्य पूंजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद, जसबाट छुटकारा पाउने एकमात्र उपाय थियो – विश्व क्रांति।[३] यसै निष्कर्षको अनुसरण गर्दै उनले ग्वाटेमालाका राष्ट्रपति याकोबो आरबेंज गुजमानद्वारा चलाईएको समाज सुधारहरूमा भाग लिए। उनको क्रांतिकारी सोच तब अझ दह्रो बन्यो जब १९५४मा गुजमानलाई अमेरिकाको मददले हटाइयो। यसको केही समय पछि मेक्सिको सिटीमा उनको राऊल र फिदेल कास्ट्रोसित भेट भयो, र उनी क्यूबाको २६ जुलाई क्रांतिमा सामेल भए।[४] चे शीघ्र नैं क्रांतिकारीहरूको कमानमा अर्को ठाउँसम्म पुगे र बातिस्ताको राज्य विरुद्ध दुई वर्षसम्म चलेको अभियानमा उनले मुख्य भूमिका निभाए।[५]

उनको डाक्टरी जीवनमाथि नै प्रश्न चिन्ह बनेर खडा भयो । डाक्टर बनेर दिनदुःखीको सेवा गर्ने उद्देश्य राखेका चे अब गरीवी असमानताका सामाजिक राजनीतिक कारणहरु खोज्नतिर लागे ।  गाउँ गाउँ पुगे । विभिन्न वस्ती वस्ती पुगे । उनी उनले देखे, पैसाको अभावमा उपचार गर्न नपाएका गरीवहरु ।

भोक,  पीडाले पशु समान जीवन बाँच्न विवस मानिसहरु, अभाव र गरीवीकारण बाबुहरु स्वयम् आफ्ना सन्तानको मृत्युको कामना गरिरहेको दर्दनाक दृष्यहरु समेत देखे ।

ड्राइभरका दुखद  जिन्दगीहरु देखे । भरियाका कथाहरु सुने । चिलीका खानीहरुमा पुगे । अमेजन जंगलका रेड–इण्डियन  आदिवासीहरुको वस्तीदेखि पेरुका खेत–खलिहानसम्म पुगे ।

अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो । जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति । उनले भनेका छन् “मैले यात्रा गरेका देशरुको स्थिति हेरेर, त्यहाँको गरीवी र भोग रोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो । मैले यात्राको क्रममा पत्ता लगाएँ , स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु । मैले देखेँ– निरन्तर दमनका कार्यहरु जारी छन् । कुपोषणको आँधी चल्दैछ । यसै क्रमा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुन मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो– क्रान्तिकारी बन्नु ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार