logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

कथाले मागे चौधौं अधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा


  • राजनीति
  • आइतबार, माघ २७ २०७५

गोरखा – नेपाली कांग्रेसका नेता गगन थापाले गोर्खा पुगेर आवश्यक परे कथाले मागे चौधौं अधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गोरखा सदरमुकाममा प्रेस युनियनले आइतबार बिहान आयाोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले आवश्यक परे कथाले मागे चौधौं अधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने धारणा व्यक्त गरे ।

उनले पहिलो पुस्ताका नेताहरुलाई सम्मानजनक विदाइ गर्नुपर्ने समेत बताएका छन। थापाले पुराना पुस्ताले नेतृत्व गर्दा पार्टी पोखरी जस्तो भएकाले पार्टीलाई नदी जस्तो बनाउन नयाँ पुस्ताको नेतृत्व चाहिने तर्क गरे । उनले
‘नेपाली कांग्रेसको नयाँ पुस्ताको नयाँ व्याख्या हुन्छ ।’ थापाले भने ‘पहिलो पुस्ताका नेताले नेतृत्व गर्दा पार्टी जमेको पोखरी जस्तो भयो, पार्टीलाई बगेको नदी जस्तो बनाउनु पर्छ।, त्यसैले अब पहिलो पुस्ताका स्तुत्य नेताले हाम्रो अभिभावक बनिदिनु पर्छ’,

नेपाली कांग्रेसमा आस्था रख्ने नयाँ पुस्ताको माग अनुसार आफू चौधौं अधिवेशनमा आफू केन्द्रीय सदस्य मात्र, भने भने केन्द्रीय स महामन्त्री, सभापति जे बन्न पनि तयार रहेको थापाले स्पष्ट पारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार