logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

संसद भवनको आगनमा जनसत्ताको अधिवेशन


  • राजनीति
  • आइतबार, भाद्र २५ २०७४

निर्वाचनले मुलुक तातिरहेको बेला बिद्रोही शक्ति भनेर चिनिने नेपाल कम्युनिस्ट पार्टीले भने समानान्तर सत्ता निर्माण , बिस्तार र सुदृढलाइ तिब्रता दिएको छ । यसै बिछ नेवा स्वायत्त प्रदेश जनप्रतिनिधि सभाको दोस्रो अधिवेशन उत्त पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को प्रमुख आतिथ्यतामा काठमाडौको मुटुमा गरेको बुझिएको छ ।

अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता ओलीले ‘पुरानो सत्तको केन्द्र रहेको काठमाडौलाइ अब जनताको सत्ताको केन्द्रका बनाउनु पर्ने धारणा राखेका थिए। वर्तमान संसदीय सत्ताले नेता–जनताको बीचमा व्यापक अन्तर पैदा गरेकाले आफूहरुले नयाँ समाजवादी चरित्रको सत्ता अभ्यासमा लागिरहेको बताउउदै नयाँ समाजवादी सत्तामा नेताहरुलाई आवश्यकताअनुसारको दाम र क्षमताअनुसारको काम, जनताहरुका लागि क्षमताअनुसारको काम र कामअनुसारको दामको मान्यता लागु गर्ने धारणा राखेका हुन ।
कार्यक्रममा केन्द्रीय जनपरिषद्का उपप्रमुख पदम राई, सभाध्यक्ष उमा भुजेल नेकपाका केन्द्रिय सदस्य तथा भ्याली इन्चार्ज माइला लामा लगायतका नेताहरुले जनपरिषद्को गठन र त्यसको औचित्यको बारेमा बोलेका थिए । दोस्रो जनप्रतिनिधि सभाको अधिवेशनले राजेन्द्र महर्जन प्रमुख रहनु भएको ५५ सदस्यीय नेवा स्वायत्त जनसरकार पुर्नगठन गरेको छ । महर्जनले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम पारित गर्दै अधिवेशन समापन भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार