logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

केन्द्रमा त साख गुमाउँदै गएका भीम रावल आफ्नो क्षेत्र सुदुरपश्चिममा समेत एक्लिदै


  • राजनीति
  • सोमबार, माघ २८ २०७५

काठमाडौं – दुई तिहाईको सरकारमा मन्त्री हुन नपाएपछि पार्टी र सरकारको विरोधमा चर्को अभिब्यक्ति दिदै आएका नेकपाका नेता भीम रावलले केन्द्रमा त साख गुमाउँदै गएका छन् नै आफ्नो क्षेत्र सुदुरपश्चिम प्रदेशमा समेत एक्लिदै गएको खबर छ ।
सुदुरपश्चिमका नेता तथा कार्यकर्ताहरुले तल्ला कमिटिका नेता तथा कार्यकर्ताहरुलाई रावलले दुव्र्यवहार गर्ने गरेका गुनासाहरु विगत एक दशकदेखि तत्कालीन एमालेका शीर्ष नेताहरुको बैठक कोठासम्म पुग्दै आएका छन् । एकताका शीर्ष नेताहरुको चाकडी, चाप्लुसी गरेर शक्ति हातमा लिइराख्ने र जिल्लाका नेता कार्यकर्ताहरुमाथि डण्डा बर्साउने तरिका अपनाउँदै आएका रावललाई हाल आएर तिनै नेता तथा कार्यकर्ताहरुले एकपछि अर्को गर्दै साथ छाड्न थालेपछि सुदुरपश्चिम प्रदेशमा एक्लिन थालेको चर्चा छ ।
र्व प्रधानमन्त्री शेरबहादु देउवा र लोकेन्द्र बहादुर चन्दपछि प्रधानमन्त्रीको सम्भावना बोकेका भनि उनका अघिपछि हिँड्नेहरु चर्चा गर्थे । रावलको तडकभडक हेर्दा त्यस्तो लाग्थ्यो पनि । त्यसपछि उनी घमण्ड, अहंकार र शक्तिकेन्द्र बनिरहन षडयन्त्र मात्र सोच्न थाले ।यो खबर आजको साप्ताहिक साँघुबाट ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार