logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

जग्गा नाप्ने तरिका,जग्गाको क्षेत्रफल कसरी नाप्ने ?


  • राजनीति
  • सोमबार, माघ २८ २०७५

पोखरा- तपाईहरुलाई आज हामी जग्गा नाप्ने तरिका सिकाउदै छौ । जग्गाजमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ । त्यस्तै, पहाडी क्षेत्रमा दाम, पैसा, आना र रोपनी जग्गा मापन गरिने आधारभूत इकाईको रूपमा चलिआएका छन् । यी इकाईलाई तल दिइएको तालिकाका आधारमा विश्वव्यापी सर्वमान्य इकाई (वर्गफिट वा वर्गमिटर) सँग रूपान्तरण गरेर जग्गा वा घडेरीको क्षेत्रफल कति हुन्छ वा कसरी नापिन्छ भन्ने बुझ्न सकिन्छ ।

क्षेत्रफल रूपान्तर तालिका

१ धुर = २।१२९६ पैसा १ आना = १।८७७७ धुर

१ रोपनी = १।५०२३ कठ्ठा १ बिघा = १३।३१२६ रोपनी

१ हेक्टर = २।४७११ एक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार