अन्तरीम सरकार र संबिधानसभाबारे
अहिले पार्टीले सुत्रबद्ध गरेको अन्तरिम सरकार संविधानसभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको नारा अन्तर्राष्ट्रिय र घरेलु शक्ति सन्तुलनलाई विचार गरी अघि सारिएको अग्रगामी राजनैतिक निकासको कार्यनैतिक नारा हो । देशमा विद्यमान वर्गीय जातीय, क्षेत्रीय र लिङ्गीय समस्यालाई समाधान गर्ने ढङ्गले राज्यसत्तामा व्यापक पुनः संरचनासहितको यो गणतन्त्रले सङ्क्रमणकालीन बुहदलीय गणतन्त्रको भूमिका खेल्नेछ । निश्चय नै त्यस प्रकारको गणतन्त्रलाई प्रतिक्रियावादी वर्ग र तिनका पार्टीहरूले बुर्जुवा संसदीय गणतन्त्रमा बदल्न बल गर्नेछन् भने सर्वहारवर्गको हाम्रो पार्टीले त्यसलाई नयाँ जनवादी गणतन्त्रमा बदल्न प्रयत्न गर्नेछ ।
सङक्रमणकालको त्यो अवधि कति लामो वा छोटो हुनेछ भन्ने कुरा अहिले नै ठोकुवा गर्न सकिने कुरा होइन । स्पष्ट छ की त्यो कुरा त्यतीवेलाकै अन्तराष्ट्रिय र राष्ट्रिय परिस्थीती र शक्ति सन्तुलनको स्थीतीमा भर पर्ने छ । अहिले नै भने संसदवादी र क्रान्तिकारी दुवैको साझा दुश्मनका रूपमा पुरानो सत्तामा निरङ्कुश राजतन्त्र हावी भएकाले त्यसका विरूद्ध सबै शक्तिलाई गोलबन्द गरी संयुक्त प्रहार गर्न यो नाराले महत्पवुर्ण भूमिका खेलेको छ र खेल्ले छ । संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको नारालाई लागू हुनै नसक्ने विशुद्ध राजनैतिक चालका रूपमा बुझ्नु वा यसलाई लागू भै छाड्ने वा हर हालतमा वदल्न नसकीने रणनैतिक नाराका रुपमा वुझ्नुु दुवै गलत हुन्छ ।
अहिलेको ठोस स्थितिमा सामन्ती निरङ्कुश राजतन्त्रका विशुद्ध सबै गणतान्त्रिक शक्तिहरूलाई एकजुट गरेर सङ्घर्षको बलमा अन्तरिम सरकारको गठन गर्ने, संविधानसभाको निर्वाचन गर्ने तथा राज्यसत्तामा व्यापक पुनः संरचनासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कुरामा पार्टीमा पूरै दृढता, प्रक्रियता र जिम्मेवारीका साथ अगाडि बढेर मात्र आन्दोलनमा आफ्नो नेतृत्व कायम गर्न सक्दछ । पुरानो सत्तामा हावी हुन पुगेको राजतन्त्रको अन्तपछि गृहयुद्धको शान्तिपूर्ण समाधानका लागि यो नाराले अग्रगामी राजनैतिक निकासको भूमिका खेल्न सक्दछ ।
गृहयुद्धको शान्तिपूर्ण समाधानको ढोका खोल्न सक्ने भएकाले याने नाराले जनसमुदायको परिवर्तन र शान्तिको आकाङक्षतालाई ठीक डङ्गले सम्बोधन गर्दछ र प्रकारान्तरले आम विद्रोहको तयारीमा समेत सकारातमक भूमिका खेल्न सक्दछ । अतः पार्टीले आज एक ढिक्का भएर यो प्रक्रियालाई तार्किक निष्कर्षसक्क पु¥याउन सक्रिय पहल लिनुपर्दछ ।