logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

चुनवाङ बैठकका गुप्त याेजनाहरु : माओवादी एमालेमा हुल्ने थियो त ?


  • अखिल बिश्वकर्मा
  • मंगलबार, माघ २९ २०७५

भावी काम र योजनाको सम्बन्धमाः
क) प्रत्याक्रमणको दोस्रो योजना
ख) योजनाको मल नारा –लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक मोर्चा कायम गरौं !
राजनैतिक र फौजी प्रत्याक्रमणलाई नयाँ उचाइमा उठाउँ
ग) योजनाका प्रमुखः
i) राजनैतिक लक्ष्य–
१)  संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको नाराका आधारमा मिल्न सकिने जति शक्तिसँग मिलेर राजतन्त्र विरोधी आन्दोलनलाई व्यापक र सशक्त तुल्याउन प्रयत्न गर्नु
२)  पार्टीको व्यापक सर्वहाराकरणका लागि नीति, मूल्य निश्चित गरी तिनको प्रभवकारी कार्यान्वयनमा जोड लगाउनु
३)  आधार इलाका, जातीय र क्षेत्रीय स्वायत्त गणतान्त्रिक सरकार एवम् स्थानीय जनसत्ताहरूलाई सुदृढ गरी जनसम्बन्धको विकासका लागि केन्द्रका तर्फबाट नीति, योजना र कार्यक्रमको ठोस प्रतिपादन गरी कार्यान्वयन गर्नु
४)  अन्तर्राष्ट्रिय पहल र प्रचारलाई बढाएर पार्टीका तर्फबट वैचरिक, राजनैतिक, साङगठनिक र सामरिक तयारी बढाउन प्रयत्न गर्नु ।
ii)  फाैजी  लक्ष्य–
१)  पार्टी, सत्रा, ज.ब.स.का आम कार्यकर्ता र जनतासम्मको व्यापक फौजीकरणको प्रयत्न गर्नु तथा केन्द्र , क्षेत्र जिल्ला राजधानी र सहरहरूको आवश्यकताअनुसार कारबाहीका लागि जनमुक्ति सेनाको विन्यास विशिष्टीकरण र प्रशिक्षित गर्न प्रयत्न गर्नु
२)  जनमुक्ति सेनाको संरचनामा अर्काे चार डिभिजन थप गर्ने लक्ष्य पुरा गर्न जोड लगाउनु
३)  केन्द्रीय र धक्कामूलक कारवाहीबाट अगाडि बढ्दै विकेन्द्रित मोर्चाबद्ध चलायमान र छापामार कारबाहीहरूको प्रक्रियाद्वारा विद्रोहात्मक फौजी स्वरूपको विकास गर्न प्रयत्न गर्ने
४)  जनमुक्ति सेनाको एकीकृत संरचना, तालिम प्रशिक्ष्ँण र अन्य व्यवस्थापनका लागि सैन्य हेडक्वार्टर र सैन्य प्रतिष्ठानलाई सक्रिय र प्रभावकारी तुल्याउन जोड लगाउने ।
५)  उत्पादनकर्ता, सङ्गठनकर्ता र प्रचरकर्ताको रूपमा समेत जनमुक्ति सेनाको भूमिका बढाउन योजनाबद्ध पहल गर्ने ।घ)  उपरोक्त राजनैतिक र फौजी लक्ष्य हासिल गर्नका लागि निम्नअनुसार कार्ययोजनाको विकास गर्न आवश्यक छ –
१)  पार्टीको राजनैतिक कार्यनीतिका पक्षमा प्रचार–प्रसार गर्ने, विभिन्न राजनैतिक दल, नागरीक समाज र बौद्धिक व्यक्तित्वहरूसँग छलफल अन्तक्रिया र संयुक्त कार्यक्रम गर्ने (प्रयत्न गर्ने) आफ्नै स्वतन्त्र पहलमा जनपरिचालन गर्ने । यसप्रकारले कार्ययोजना केन्द्र, क्षेत्र र जिल्ला सवैले विकास गर्न जोड लगाउनु पर्दछ ।
२)  पार्टी सर्वहाराकरणको कार्ययोजना मुख्यतः खर्चपर्च, परिवारको पार्टीकरण वा अन्य व्यवस्थापन, रहन सहन श्रम, लेबी, जनसम्बन्ध आदिबारे निश्चित मूल्य निर्धारण गरी विकास गरिने छ ।३)  पार्टीको नेतृत्वमा विभिन्न जातीय एवम् क्षेत्रीय स्वायत्त गणतान्त्रिक सरकार मोर्चा र ज.ब.स.का प्रतिनिधिहरूको निश्चित संयोजन समितिमार्फत उल्लेखित नीति, योजना र कार्यक्रमको विकास गरिने छ । जसमा जनताको जीवनस्तर उठाउने जनसम्बन्ध सुदुढ गर्ने, सहिद परिवार, पार्टी कार्यकर्ता र जनमुक्ति सेनाको परिवार, घाइते अपाङ्ग आदिका सम्बन्धमा नीति, नियम र योजनाको तर्जुमा प्राथमिकता दिइने छ ।४)  पार्टीको अन्तर्राष्ट्रिय विभागमार्फत् कार्ययोजनाको विकास गरिने छ ।
५)  कमाण्डर सङ्गठनात्मक संरचनामा विकास गरी त्यसप्रकारको तयारी गर्नु फौजी लक्ष्यका सम्बन्धमा ठोस कार्ययोजनाको रूपरेखा केन्द्रीय सैनिक आयोग र जनमुक्ति सेनाको जनरल स्टाफमार्फत गरिने छ ।
कमरेडहरू
माथिको समग्र राजनैतिक र सङ्गठनातमक प्रस्तावमा उल्लेखित नयाँ विचार, विधि र योजनामा स्पष्टताकासाथ एकताबद्ध भइ अगाडि बढेर नै आजका आन्तरिक र बाह्य चुनौतीहरूको सफतापुर्वक सामना गर्न सकिने छ । सर्वाधिक महत्वपूर्ण कुरा आफैभित्र नयाँ क्रान्तिको पहलद्वारा नेपाली जनक्रान्तिलाई विजयसम्म डो¥याउने र विशव क्रान्तिलाई सेवागर्ने महान् लक्ष्मा २१ औं शताब्दीको नवीनतम् सर्वहारा विचार र स्प्रीटको विकास गर्न एकजुट हुनु हो । बाटो जतिसुकै कठिन र बाङ्गोटिङ्गो भए पनि साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादको एवम् सर्वहारावर्ग र जनताको विजय सुनिश्चित छ ।

वैचारिक र राजनैतिक कार्यदिशाको विकास गर्दै पार्टी एकतालाई सुदृढ गरौं !
जनदिशालाई दहेसँग पकडौं र सुदृढ जन–सम्बन्धको विकास गरौ
राजतन्त्रात्मक पुरानो सामन्ती सत्ताका विरूद्ध राजनैतिक र फौजी प्रत्याक्रमणलाई अझ घनीभूतरूपले अगाडि बढाउँ !!!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार