logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपालमै पहिलो पटक टेष्ट ट्युब बेवीबाट ५४ बर्षिय महिलाले जन्माइन जुमल्या


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

पोखरा-काठमाण्डौकी एक महिला महिनावारी सुकेको ४ बर्षपछि पनि आइभिएफ अर्थात टेष्ट ट्युब बेवी पद्धतीको उपचारबाट बच्चा जन्माएकी छिन।काठमाण्डौकी ५४ बर्षिय महिला ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवी बिशेषज्ञ डा। नुतन शर्मासँग उपचार गराएकी आमा बन्न सफल भएकी हुन ।

ती महिलाको आइतवार राती ९ बजे काठमाण्डौको बयोधास्थित अस्पतालमा जुम्ल्याह सन्तान जन्मिएका हुन । टेष्ट ट्युब बेवी बिशेष डा। शर्मासँग एक बर्षदेखी बाँझोपनको उपचार गराउँदै आएकी थिई जन्मिएका सन्तान मध्ये छोरीको तौल १ दशमलव ६ र छोराको १ दशमलव ४ छ ।अहिले आमा र बच्चाहरुको स्वास्थ्य अवस्था राम्रो रहको डा। शर्माले जानकारी दिइन ।

टेष्ट ट्युब बेवी बिशेषज्ञ डा। नुतन शर्माले उच्च रक्तचापका कारण थप स्वास्थ्य जोखिम आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निर्धारित समय अगावै झण्डै ३७ हप्तामै अप्रेशनद्वारा बच्चा निकालिएको बताइन ।

नेपालमै संम्भवत पहिलो पटक टेष्ट ट्युब बेवी पद्धतीबाट महिनावारी सुकेको ४ बर्षपछि पनि ५४ बर्षिय महिलाले सन्तान जन्माएको हो ।

नेपालको सन्दर्भमा उमेर बढ्दै जादा महिलाको हर्माेनमा आउने परिवर्तन,पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण पनि ५४ बर्षको उमेरमा गर्भाधारण हुनु असामान्य कुरा हो त्यसमा पनि गर्भाधारण परिपक्व भएर दुई सन्तान जन्मिनुले बाँझोपनको समस्या भएका बढी उमेर समुहका दम्पत्तिलाई धेरै राहत मिल्ने बिश्वास लिएको छु डा। शर्माले भनिन ।

बढी उमेर समुहको भएकाले मैले ती महिलालाई शुरुवातदेखी नै उच्च जोखिम समुहमा राखेर उपचार शुरु गरेको थिए, डा। शर्माले भनिन यो सफलताले जस्तो सुकै बाँझोपनको समस्या भएकाहरुको पनि नेपालमै उपचार सम्भव छ भने पुष्टी गरेको छ, त्यसैले सन्तान प्राप्तीको चाहना भएकाहरुले समयमै चिकित्सकसँग परामर्श गर्नु जरुरी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार