logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

बर्षा र संजोगको प्रणय दिवसको दिन विवाह


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

पोखरा – सोमवार नायिका बर्षा राउत र नायक संजोग कोइरालाको इन्गेजमेन्ट भएको छ ।उनीहरुले दुबै परिवारको उपस्थितिमा एकअर्कासंग औंठी साटेका हुन् ।

७ वर्ष लामो प्रेम सम्बन्धमा रहेका बर्षा राउत र संजोग कोइरालले आउँदो फागुन २ गते प्रेम दिवसको दिन विवाह गर्दैछन् । उनीहरुलाई प्रेम जोडीको पनि उपनाम दिइएको छ ।

इन्गेजमेन्टको तस्वरि समाजिक सञ्जालमा सार्वजनिक गर्दै वर्षा र संजोगले एउटै प्रेमिल वाक्य लेखेका छन्, ‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’

उनीहरुले आफूहरुको संयूक्त नाम ‘सन्सा’ राखेका छन् । केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत् विवाहको मिति घोषणा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार