logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

फेसबुकमा फोटो अपलोड गर्दा ध्यान दिनुस यी चार कुरा…..


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

काठमाडौं-तपाई हामीलाई फेसबुकमा फोटो अपलोड हुँदा पहिलाको फोटो जस्तो राम्रो नदेखिएर समस्या हुँदै आएको छ ।

३५ करोड नयाँ फोटो प्रत्येक दिनफेसबुकमा करीब अपलोड हुन्छन् । यति धेरै फोटो अपलोड र डेटा स्टोर भएपछि फेसबुक साइट स्लो हुनु स्वभाविक हो । कहिले काहीँ त फोटो नै बिग्रने गर्छ ।यसबाट बच्नका लागि फेसबुकले फोटोलाई अटोमैटिकली एक डिफल्ट साइजमा परिवर्तन गरिदिन्छ । सोही कारण फोटोका नराम्रो देखिएको हो ।

रेगुलर फोटोको लागि फेसबुकले डिफल्ट साइज ७२० पिक्सेल, ९२० पिक्सेल, २०४ पिक्सेलको मापदण्ड राखेको छ । जबकि कभर फोटोका लागि यो साइज ८५१ देखि ३१५ पिक्सेल मात्रै हो ।फेसबुकले हाई क्वालिटी फोटोलाई कम्प्रेस गरेर त्यसको क्वालिटी पनि घटाइ दिने गर्छ । यस्तो अवस्थामा तपाईले यी टिप्सलाई ध्यान दिनु उपयुक्त हुन्छ ।

फोटो अपलोड गर्नुभन्दा पहिला इमेज एडिट प्रोगामको माध्यमबाट फेसबुकको डिफल्ट साइजमा सेभ गर्ने ।कम्प्रेशनबाट बच्नका लागि १०० केबीभन्दा कम फाइल साइजलाई कभर फोटोमा अपलोड गर्ने । फेसबुकले तपाईलाई एइआरजीबी कलर प्रोफाइलका साथ जेपीईजी फर्मेटमा फोटो सेभ गर्ने सल्लाह दिन्छ ।फोटो अपलोड गर्ने बेला हाई क्वालिटी चेक बक्समा टिक गर्न नभुल्नु होला । यो बक्स तपाईको अपलोडिंग वीण्डोको बाँयातर्फ दिखिनेछ । यति काम गर्नु भयो भने तपाईको फोटो फेसबुकमा पहिलाकै जस्तै राम्रो र क्वालिटीको देखिनेछ ।एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार