logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

साढे १८ करोड कुम्लाउने निगमका निर्देशक खड्का,साढे दुई करोड धरौटी बुझाएर छुटे


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

काठमाडौं-२ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।खड्काको धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका छन् ।

अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसपछि विशेष अदालतले उनलाई हाजिर हुन आउन म्याद पठाएको थियो । विशेषले म्याद पठाएको ३० औं दिनमा खड्का हाजिर हुन आएका विशेष अदालतका रजिस्टार भीम श्रेष्ठले जानकारी दिए

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार