राजनीति
महोत्तरी -अख्तियारको नियन्त्रणबाट घुुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक भागेका छन् ।
औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई मंगलवार दिउँसो अख्तियारको टोलीले नवदुर्गा सःमिलबाट पक्राउ गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिए पनि भागेका हुन् । उनी टोलीलाई छलेर भागेको बताइएको छ ।
महोत्तरीका जिल्ला प्रहरीका अनुसार अहिले उनको खोजी भइरहेको छ ।