logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पोखरा लेकसाइड :गर्लफ्रेण्डको विषयमा ‘लफडा’ हुँदा हत्या (घटना विवरण सहित)


  • राजनीति
  • मंगलबार, माघ २९ २०७५

पोखरा- गर्लफ्रेण्डको निहुँमा पोखराको लेकसाइडमा गएराति भएको १४ बर्षिय सचिन सिञ्जालीको हत्या भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरेको अभियुक्तहरुले नै हत्या गरेको स्विकार गरेका छन् ।

पाल्पाको रम्वापानी गाउँपालिका घर भई हाल लेकसाइडको शान्तिनगरमा डेरामा बस्ने सचिन सोमबार राती साथीकहाँ जाने भनेर घरबाट बाहिरिएका थिए । सडक बालकको संगतमा रहेका किशोर सचिन जब बेनी काले भनिने पर्वतको मल्लाज घर भइ अहिले पोखरामा रहेका कुमार गर्बुजा लगायतलाई भेटे, त्यसपछि उनीहरुबिच मनमुटाब बढ्यो ।उनीहरु लेकसाइडमा माग्ने, बियर पिउने र ड्रग्स सेवन गरिरहेका थिए । जब सचिन अन्दाजी १५ वर्षीय किशोरी सुनिता नाम गरेको युवतीसँग बोल्न थाले, कुमार रिसाउँदै गए । सचिनले सुनितासँग विहेसम्मको कुरा गरे, त्सपछि कुमार भित्रभित्रै मुरमुरिए ।

आफ्नो गर्लफ्रेण्डलाई जिस्काएको भन्दै सचिनसँग रिसाएका कुमारले सुत्ने ठाउँमा पुगेपछि अरु दुई जना बालकलाई सुत्न लगाए । सचिन र कुमार भने झगडा गर्न थाले । त्यसपछि सचिनले आफुसँग भएको सानो चक्कु निकाले र कुमारको खुट्टामा प्रहार गरी घाइते बनाए ।त्यसपछि कुमारले उक्त चक्कु खोसेर सचिनको घाँटी रेटिदिए । पेट र ढाडमा पनि प्रहार गरिदिए । कुमारले यसरी गर्लफ्रेण्डको निहुँमा सचिनको हत्या गरिदिए र फरार भए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार