logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सामाजिक सन्जालमा जथाभावी लेखे १५ लाखसम्म जरिवाना ५ बर्ष जेल बस्नुपर्ने


  • पत्रपत्रिका
  • बिहिबार, फाल्गुन २ २०७५

फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायतका सामाजिक सन्जाल लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ ।

यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एनेअनुसार कारबाही चलाउँदै आएको थियो । सरकारले बुधबार संसद सचिवालमा ल्याएको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधयकमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म जेल सजाय हुने कानुन प्रस्ताव गरिएको छ ।

विद्युतीय कारोबार ऐनलाई खारेज गरेर यो कानुन ल्याउन लागिएको हो । विधेयकमा सामाजिक सञ्जालबाट कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने हप्काउने, घृणा तथा द्वेष उत्पन्न गराउने र सूचना प्रापकलाई भ्रममा पार्न नपाइने उल्लेख गरिएको छ । यो समाचर आजको कान्तिपुुरले लेखेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार