logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

गृहमन्त्री थापाको सुरक्षाकर्मीको ‘सर्टगन’ पड्कँदा युवती घाइते


  • राजनीति
  • बिहिबार, फाल्गुन २ २०७५

गृहमन्त्री रामबहादुर थापाको झापा भ्रमणको सुरक्षार्थ ड्यूटीमा खटिएका प्रहरीले बोकेको ‘सर्टगन’ पट्कँदा छर्रा लागेर एक युवती घाइते भएकी छन् ।

बुधबार गृहमन्त्री रामबहादुर थापा झापा आएको समयमा सुरक्षाका लागि पुर्व–पश्चिम राजमार्गस्थित झापाको लक्ष्मिपुरमा गस्तीमा रहेको प्रहरीले बोकेको सर्टगन अचानक खसेर पट्कँदा स्थानीय सुनिरा मैनाली घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक हातबाट फुत्किएर झर्दा पड्किएको बताए ।सर्टगन पट्कँदा लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको उनको भनाइ छ । छर्रा लागेपछि मैनालीलाई बिएण्डसी अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारपछि मैनाली घर फर्किएको प्रहरीले बताएको छ । प्रहरी जवान लक्ष्मण शेर्पामाथि भने अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार