राजनीति
काठमाडौं -राष्ट्रियसभाकी सांसद अनिता देवकोटाले प्रधानमन्त्री ओलीलाई भैसी कस्तो ब्यायो, दूध कोकोलाई पुग्यो ?भन्दै कटाक्ष गर्दै प्रशन गरेकी छिन। ।सरकारको एक वर्षे कार्यकाल काण्डैकाण्डमा बितेको बताउदै सासद देवकोटा लेसभाको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्माको ‘हेर्दाहेर्दै भैंसी ब्यायो, दूध पनि दियो‘ भन्ने भनाइको खण्डन गरेकी हुन् ।
‘हिजो मात्रै प्रधानमन्त्री ज्यूले भैसी पनि ब्यायो, दूध पनि दियो भन्नु हुन्थ्यो । भैसी कस्तो ब्यायो ? दूध कोकोलाई पुग्यो सभाध्यक्ष ज्यू ?’ सांसद देवकोटाले विशेष समयमा बोल्दै भनिन्, ‘भैसीको दूध सिंहदरबाभित्र मात्रै पुग्ने गरेको छ ।’
प्रधानमन्त्री ओलीले बुधबार राजधानीमा आयोजित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा सरकारको एक वर्षे सफलता सुनाउँदै ‘हेर्दाहेदैै भैसी ब्यायो ! दूध पनि दियो, पाडी पनि पायो ! … नेपाली जनताले देख्न खोजेको दिन यही हो’ भनेका थिए ।