logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महाअभियोग अगाडी नै राजीनामा राष्ट्रपति अचम्मित


  • पत्रपत्रिका
  • शनिबार, फाल्गुन ४ २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् । नेपाल इन्जिनियर कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएका पाठकले राजिनामा दिएका हुन।

घुस लिएको प्रमाणसहितको समाचार कान्तिपुर लगायत सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि, सत्तारुढ दल नेकपाले महाभियोग प्रस्ताव लैजाने तयारी गर्दागर्दै पाठकले राजीनामा दिएका हुन् । महाभियोगबाट बच्न उनले शुक्रबार बिहान राष्ट्रपति कार्यालय पुगेर राजीनामा दिएका हुन् । सुरुमा पाठकले अन्य व्यक्तिलाई प्रयोग गरेर राजीनामा पठाउने तयारी गरेका थिए । राष्ट्रपति कार्यलयका अधिकारीहरुले सम्बन्धित व्यक्तिले नै बुझउनु पर्ने बताएपछि उनी राजीनामा पत्र बोकेर राष्ट्रपति कार्यालय पुगेका थिए । यो समाचार कान्तिपुरमा लेखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार