राजनीति
ठमेल- नेपाल टेलिभिजन बाट प्रसारण भएको एक कार्यक्रम संघर्षमा केहि वर्ष अघि ठमेल र वरपर बस्ने केहि यौनकर्मीको अन्तरबार्ता लिइएको थियो ।खान लाउन नै नपुगेपछि काम कुनै नपाउदा मानिसहरु समाज मा तल्लो स्तरमा गनिएका कामहरु गर्न पुग्छन ।
उक्त कार्यक्रममा राति ठमेल, रत्नपार्क र त्यहाँ वरपर कसरि मानिसको एक रातको लागि किनबेच हुन्छ भन्ने कुरा सबै देखाइएको थियो ।उक्त कार्यक्रममा प्रायले काठमाडौँ आएर केहि काम नपाएकोले बाध्य भएर यो काम गर्नु परेको बताएका थिए । हो नपढेका, गाउँबाट भर्खर आएका हरुको लागि काठमाडौँ मा बस्न गाह्रो छ ।
पढ्दै गरेका, जाने बुझेका मानिस हरुले पनि काठमाडौँमा काम नपाउदा कति बाध्य भएर आफ्नो हाता मुख जोर्नको लागि भए पनि यौन कर्मी बनेका छन् ।काठमाडौँ को विभिन्न कलेज मा पढ्ने युबतीहरु पनि आर्थिक अभाबले गर्दा यौनकर्मी बन्ने गरेको उदाहरण भेटिन्छ ।
बागलुङको बडिगाड खोलामा गत भदौमा पहिरोले खोला थुनिँदा बनेको ताल पर्यटकीय आकर्षणको केन्द्र
बागलुङ-बागलुङको बडिगाड खोलामा गत भदौमा पहिरोले खोला थुनिँदा बनेको ताल पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । हिउँदको सफा मौसममा तालको सौन्दर्य खुलेपछि अहिले आन्तरिक पर्यटक अवलोकनका लागि आकर्षित भएका हुन् । बागलुङको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा रहेको बडिगाड खोला पहिरोले थुनेपछि तुरतुरेमा ताल बनेको थियो ।
५० मिटरसम्म गहिरो र सय मिटर लामो उक्त ताल अवलोकनका लागि अहिले दैनिक २ सय जनासम्म आन्तरिक पर्यटक आउने गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिए । मध्यपहाडी लोकमार्गको छेउमा बनेको तालले यात्रुलाई पनि लोभ्याएको त्यहाँ पुग्नेहरू बताउँछन् । अहिले ढोरपाटन शिकार आरक्षण र बुर्तिबाङ पुग्ने यात्रु सवारीसाधन रोकेर ताल, पहिरो अवलोकन गर्ने र तस्वीर लिने गरेका छन् ।
उक्त ताल बागलुङ सदरमुकारदेखि ९० किमी टाढा छ । सबैतिर चर्चा भएकाले आफू ताल हेर्न आएको सूर्य लामिछानेले बताए । ताल निकै आकर्षक रहेकाले यसलाई व्यवस्थित गर्नुपर्ने उनले सुझाए । ताल अवलोकनका लागि बागलुङ सदरमुकाम, पोखरा, पाल्पा, गुल्मी, नेपालगञ्ज, अर्घाखाँची, म्याग्दी, पर्वतका अवलोकनकर्ता तुरतुरे पुग्ने गरेका छन् । ताल पहिरो गएको ठाउँ तुरतुरेदेखि सिमलचौर हुँदै ढोरपाटन नगरपालिकाको खल्टुबोटसम्म पुगेको छ ।
यसअघि नेपाली सेनाको प्राविधिक टोली तत्काललाई जोखीम टरेको भन्दै ताल नफुटाई फर्केको थियो । उक्त तालको विषयमा बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाबीच छलफल गरी निर्णय लिने अध्यक्ष पाइजाले बताए । ‘तालमा पर्यटक आइरहेक छन्,’ उनले भने, ‘केही जोखीम नभए संरक्षण गर्नेबारे चाँडै निर्णय गरी अघि बढ्छौं ।’
ताल जोगाउन सके पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । तर, वर्षामा आउने बाढीले ताल फुटाउने हो कि भन्ने चिन्ता तल्लो तटीय क्षेत्रका बासिन्दामा छ । गत वर्षामा खोला थुनिँदा छिमेकी जिल्ला गुल्मीसम्मका दर्जनौं बस्ती जोखीममा परेका थिए । पहिराले खोला थुनिएर ताल बन्दा सिमलचौरका केही घरगोठ र खेत डुबानमा पारेका छन् । सोही समयमा पहिरो खसेकै ठाउँबाट पैदल हिँड्ने क्रममा ढुङ्गाले च्यापिएर अर्घाखाँचीकी ३५ वर्षीया बिबिरन खातुनको ज्यान गएको थियो ।
बागलुङको बडिगाड र ढोरपाटन नगरपालिकाको सिमानामा पहिरोले खोला थुनेपछि बनेको ‘तुरतुरे ताल’ धेरैको रोजाइमा परेको छ ।
युवायुवतीदेखि वृद्धवृद्धाको रोजाइमा रहेको ‘तुरतुरे ताल’मा आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् । दैनिक २ सय देखि ३ सयकाे हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु तालमा सयर गर्न पुग्ने गरेका छन् ।
डुंगा चढ्नैका लागि पोखरा जानु नपर्ने भन्दै ताल संरक्षण समितिले त्यसलाई अझै व्यवसायिक तरिकाले अगाडि बढाएकाे छ । केही समय विपत्ति आइलागेको त्यस स्थानमा अहिले व्यवसाय पनि फस्टाउँदै गएको छ । अझै रोचक कुरा तपाई तालको फोटो लिन चाहनुहुन्छ भने १० रुपैयाँ नदिई सुखै छैन । याे ताल संरक्षण समितिको निर्णय हो ।त्यसैमा तपाईलाई तालमा सयर गर्न मन लागे १ सय ५० देखि ५ सय रुपैयाँमा आनन्द लिन सक्नुहुनेछ । समितिले केही दिनमै २ देखि ३ वटा डुंगा ल्याएर सञ्चालन गर्ने तयारी गरेको छ ।