logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मन्त्रीकै ‘उस्काहट’ मा मन्त्री–सचिव कुटाकुट यस्तो आयो प्रतिवेदन


  • राजनीति
  • आइतबार, फाल्गुन ५ २०७५

पुस अन्तिम साता मन्त्री–सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री–सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले गरेको प्रतिवेदन तयार पारेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको छ । स्रोतका अनुसार मन्त्री–सचिवबीच टकराव र कुटाकुटको अवस्था उद्योगमन्त्री रायले गराएको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्री–सचिवबीच कुटाकुटपछि आन्तरिक मामिलामन्त्री यादव संयोजकत्वमा गठन भएको समितिमा प्रदेश सरकारका प्रमुख सचिव दीपक सुवेदी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव हरि फुयाल सदस्य छन् । कर्मचारी आन्दोलनमा उत्रिएपछि समितिमा कर्मचारी संगठनलाई पनि समावेश गरियो

मुख्यमन्त्री लालबाबु राउतलाई बुझाउन बाँकी रहेको प्रतिवेदन गोप्य राखिएको छ । उद्योगमन्त्री रायले आफ्ना मन्त्रालयका सचिव झा र आर्थिक मामिला मन्त्री यादव दुवैलाई ‘मिस गाइड’ गरेर उनीहरूबीच तनावको स्थिति बनाएको थियो । ‘मन्त्री रायले सचिवले टेरेन भनेर आर्थिक मामिला मन्त्रीलाई उक्साए । अरु मन्त्रीले अराएको नटेर्नुस् भनेर सचिवलाई उचालेको देखिन्छ,’ स्रोतले भनेको छ, ‘मन्त्री–सचिवबीच तनाव बढ्नुको कारण यही हो ।’

सचिव झाले भने कार्यकक्षमै बोलाएर थप्पड हिर्काएको दाबी गरेका छन् । कुटाकुटपछि सचिव झाले दिएको अश्लील गाली र व्यवहारलाई छानबिन समितिले ‘गम्भीर’ गल्ती मानेको छ ।

झाको भने मंगलबारनै प्रदेश ३ मा सरुवा भएको छ । उनको ठाउँमा काठमाडौंबाट प्रेम कडेल आएका छन् । समिति संयोजक आन्तरिक मामिलामन्त्री यादवले प्रतिवेदन तयार भइसकेको र केही दिनमै मुख्यमन्त्रीलाई बुझाउने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार