राजनीति
बालुवाटारको निर्देशनमा पशुपति शर्माको युट्युव च्यानलबाट हटाइको गित स्वतन्त्र नागरिक समुहले आज अपरान्ह ५ वजे शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत बजाउने भएको छ । साँझ ५ वजे स्पीकर राखेर सार्वजनिक स्थलमा उक्त गीत बजाउने कार्यक्रम राखिएको छ ।
स्वतन्त्र नागरिकहरुले आज माईतीघर मण्डलामा उक्त गीत वजाएपछि यो अभियानलाई देशभर लैजाने बताएका छन् । उनीहरुले सार्वजनिक स्थल, सार्वजनिक सवारी साधन, रेष्टटुरेन्ट लगायतमा पनि शर्माको उक्त गीत बजाउने तयारी गरेको छ ।