logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्मलाका हत्यारा पक्राउ परिसकेको सूचना ! एक दुई दिनमै काठमाडौँमा सार्वजनिक गर्ने !सत्य के हो?


  • राजनीति
  • आइतबार, फाल्गुन ५ २०७५

काठमाडौँ – प्रहरीबाटै फेरि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पक्राउ परिसकेको भनेर सूचनाको चुहाबट भएको छ । प्रहरी उच्च श्रोत उद्धृत गर्दै निर्मलाका हत्यारा पक्राउ परिसकेको र डिएनए समेत म्याच भइसकेको खबर केही सञ्चार माध्यमहरुले प्रकाशन गरेका छन् ।

प्रहरीले एक दुई दिनमै काठमाडौँमा सार्वजनिक गर्ने तयारी गरेकोती समाचारहरुमा निर्मलाका हत्यारालाई  उल्लेख गरिएको छ ।

तर कञ्चनपुर प्रहरीले भने यसबारे कुनै आधिकारिक सूचना जारी गरेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले घटना अनुसन्धानकै क्रममा रहेको बताए ।

‘केही सञ्चार माध्यमहरुमा हत्यारा पक्राउ परिसकेको खबर प्रकाशन भएको छ, तर हामी के भन्छौँ भने अहिलेसम्म घटनाको अनुसन्धान जारी छ, समाचार कसरी आयो त्यो उहाँहरुलाई नै थाहा होला,’ प्रवक्ता ओझाले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार